मोटर बीमामार्फत रू. १ अर्ब ९ करोड बराबरको बीमाशुल्क आर्जन, कुल बीमाशुल्क आर्जनको ३१.६५ % हिस्सा

चैत २३, काठमाडौं । फागुन महीनामा मात्रै निर्जीवन बीमा कम्पनीले मोटर बीमामार्फत कुल रू. १ अर्ब ९ करोड बीमाशुल्क आर्जन गरेका छन् । यो बीमाशुल्क ७ ओटा प्रदेशमा मोटर बीमामार्फत आर्जन भएको कुल बीमाशुल्क हो । माघ महीनाको तुलनामा फागुन महीनामा २ दशलमव ७६ प्रतिशत वृद्धि भएको हो । माघ महीनामा सात ओटा प्रदेशबाट कुल रू. १ अर्ब ७ करोड बीमाशुल्क आर्जन भएको थियो । सबैभन्दा बढी बाग्मती प्रदेशबाट मोटर बीमामार्फत रू. ५९ करोड ४२ लाख बीमाशुल्क आर्जन भएको छ । उक्त प्रदेशबाट माघ महीनामा मात्रै रू. ५९ करोड ६२ लाख मोटर बीमामार्फत बीमाशुल्क आर्जन भएको थियो ।  त्यसैगरी दोस्रोमा लुम्बिनी प्रदेशबाट मोटर बीमामार्फत रू. १३ करोड ३ लाख बीमाशुल्क आर्जन भएको छ । सात ओटा प्रदेशमध्ये सबैभन्दा कम कर्णाली प्रदेशबाट मोटर बीमामार्फत रू. १ करोड २१ लाख बीमाशुल्क आर्जन भएको हो । त्यसैगरी प्रतिशतका आधारमा माघ महीनाको तुलनामा फागुन महीनामा सबैभन्दा बढी प्रदेश नं १ बाट प्राप्त हुने मोटर बीमा बापतको बीमाशुल्क १३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।  माघ महीनामा प्रदेश न १ बाट मोटर बीमामार्फत रू. १० करोड ३१ लाख बीमाशुल्क आर्जन भएकोमा फागुन महीनामा बढेर रू. ११ करोड ७० लाख पुगेको हो । सात ओटा प्रदेशमध्ये बाग्मती प्रदेश र मधेश प्रदेशबाट प्राप्त मोटर बीमाशुल्क घटेको छ भने बाँकी सबै प्रदेशको बढेको हो ।  फागुन महीनामा कुल बीमाशुल्क आर्जनको ३१ दशमलव ६५ प्रतिशत मोटर बीमामार्फत आर्जन भएको हो । फागुन महीनामा २०  ओटा कम्पनीले कुल रू. ३ अर्ब ४७ करोड बीमाशुल्क आर्जन गरेका हुन् । स्रोत : बीमा समिति  

सम्बन्धित सामग्री

सामान्य अंक बढ्यो नेप्से, १ अर्ब ७८ करोड बराबरको शेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ३ अंक बढेर २ हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ । दिनभर उतावचढाव देखिएको परिसूचक उच्च विन्दु २ हजार १०९ दशमलव २९ विन्दुमा पुगे पनि अन्त्यमा भने २ हजार ८९ दशमलव ८४ विन्दुमा कायम भएको छ । लगानीकर्ताहरू अझै 'पर्ख र हेर'को अवस्थामा रहेकाले बजारमा उच्च वृद्धि र कमी नदेखिएको विज्ञ बताउँछन् । र, सोही कारण कारोबार रकम प्रभावित भएको उनीहरूको भनाइ छ ।   छोटो समयमै प्रोफिट बुक गरी बसेका लगानीकर्ताले सक्रियरूपमा लगानी नगर्दा र धेरै दिन बजार घटेकाले लगानीकर्ताको मनोविज्ञान सकारात्मक नहुँदा यस्तो असर देखिएको विज्ञको भनाइ छ । यद्यपि आगामी दिनमा भने बजार सकारात्मक बन्ने विज्ञहरू अनुमान गर्छन् । सूचीकृत कम्पनीहरूले अहिले वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । वित्तीय विवरण सार्वजनिक गरेपछि कम्पनीले लाभांश घोषणा गर्नेछन् । त्यसपछि बजार सकारात्मक बाटो समात्ने उनीहरूको अनुमान छ ।   यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३१ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव १४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४१ प्रतिशत वृद्धि भएको छ ।  बिहीवार २६२ धितोपत्रको ५१ लाख ३० हजार ५२० कित्ता शेयर ४० हजार ७७४ पटकमा रू. १ अर्ब ७८ करोड बराबरको कारोबार भएको छ ।  यस दिन कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्पोट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र एनआईबिएल ग्रोथफण्डको मूल्यमा सकारात्मक सर्किट लागेको हो । बिहीवार सबैभन्दा बढी प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य ५ दशमलव १९ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. ३६५ मा झरेको छ । शेयर मूल्य घट्ने कम्पनीको सूचीमा दोस्रोमा गणपति लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ४ दशमलव १६ प्रतिशत घटेर रू. ६९६ कायम भएको छ । यस कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा उल्लेख्य घटेको छ । यसकारण पनि कम्पनीको शेयरमा विक्रेता हाबी भएका हुन् ।  यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. ९ करोड २३ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०४ दशमलव ७० कायम भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा दोस्रोमा सिइडीबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छ । कम्पनीको रू. ५ करोड ५४ लाख बराबरको कारोबार भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी सबैको बढेको हो । समूहगत परिसूचक सर्वाधिक घट्नेमा वित्त समूहको परिसूचक छ । उक्त समूहको परिसूचक १ दशमलव ५२ प्रतिशत घटेको छ । यस्तै व्यापार समूहको परिसूचक १ दशमलव ८१ प्रतिशत बढेको छ ।

कठिन मोडमा अर्थतन्त्र : ऋणको भार बन्दै ठूला आयोजना

अर्थ मन्त्रालय अन्तर्गत सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार अहिले नेपालको अर्थतन्त्रमा कुल ऋणको हिस्सा १८ खर्व नजिक पुगेको छ। यसमा आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) ऋण भार छ। चालु वर्षको समीक्षा अवधिमा यो हिंसा अरु उकालो लागेको छ। अर्थात् अहिले प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार […]

जैविक विविधता नै जिउने आधार

संसारको कुल क्षेत्रफलको झन्डै ३१ प्रतिशत वनजंगलले ढाकेको छ भने कुल वनक्षेत्रको करिब १८ प्रतिशत हिस्सा संरक्षित क्षेत्रले ओगटेको अनुमान छ । एक प्रकाशित अध्ययनअनुसार विश्वभरि झन्डै १ अर्ब ६० करोड मानिस आ–आफ्नो जीविकोपार्जनका लागि वनजंगलमा आश्रित रहेका छन् । त्यसरी नै करिब ४० प्रतिशत अक्सिजन वनबाट नै प्राप्त हुन्छ । मूलतः सन् २०१९ मा […]

तथ्यांकोवाच : भारतबाट नेपालमा रू. १ अर्ब ६० करोडको बासमती चामल आयात

काठमाडौं (अस) । भारतबाट नेपालमा बासमती चामलको निर्यात उच्च मात्रामा भएको छ । आर्थिक वर्ष (भारतीय) २०२०/२१ को तुलनामा आर्थिक वर्ष २०२१/२२ भारतबाट नेपालमा भएको बासमती चामलको निर्यातमा करीब १०८ प्रतिशतले वृद्धि भएको छ । जब कि सो वर्ष भारतको कुल बासमती चामलको निर्यातमा भने २३ प्रतिशतले ह्रास आएको थियो । आर्थिक वर्ष सन् २०१७/१८ मा भारतको कुल बासमती चाामल निर्यातमा नेपालतर्फको हिस्सा ०.०६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२१/२२ मा यो प्रतिशत ०.४४ प्रतिशत पुगेको छ । नेपालको भूबनोट बासमती चामल उत्पादन अनुकूल हुँदाहुँदै पनि सरकारको कृषि उत्पादन निरुत्साहन नीति तथा रेमिट्यान्स सृजित आयका कारण नेपालमा बासमती चामलको उत्पादन घट्ने र आयात बढ्ने क्रम शुरू भएको हो । विशेषगरी बढ्दो शहरीकरण, वैदेशिक रोजगारका कारण श्रमिकको अभाव, भूमिमा सुरक्षित लगानीको प्रत्याभूतिको अभाव, व्यावसायिक अमैत्री कानूनी संरचना, सडक सृजित भूस्खलन र कटान तथा भूमिको विषयमा अति राजनीतीकरणका कारण कृषक पलायन हुने क्रम बढ्दो छ । यस पक्षलाई दृष्टिगत गर्दै नेपालले  बासमती चामलमा आत्मनिर्भर हुने नीति लिनु आवश्यक छ ।

कुल ३ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच

काठमाडौँ । आज (सोमबार) कुल ३ अर्ब ६८ करोड रुपैयाँको सेयर किनबेच भयो । सो कारोबार रकममध्ये हाइड्रोपावर कम्पनीहरुको मात्रै २ अर्ब ८ करोड रुपैयाँको भयो । रकमका आधारमा सोमबार आधाभन्दा बढी अर्थात् ५६.५ प्रतिशत कारोबार हिस्सा जलविद्युत् कम्पनीहरूले मात्रै ओगटेको छ । बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको बैङ्किङ, बीमा, फाइनान्स, विकास बैङ्क, […]

भारती एयरटेलमा १ अर्ब डलर लगानी गर्ने योजनामा गूगल

माघ १५, नयाँदिल्ली । बहुराष्ट्रिय सार्वजनिक कम्पनी गूगलले भारतको दुरसञ्चार क्षेत्रको प्रमुख कम्पनी भारती एयरटेलमा १ अर्ब डलरसम्मको लगानी गर्ने योजना बनाएको छ । यो लगानी इक्विटी तथा सस्तो मूल्यको स्मार्टफोन, नेटवर्क  तथा क्लाइउड जस्ता क्षेत्रमा व्यावसायिक साझेदारीको रुपमा हुनेछ । कम्पनीको  भारतमा दूरसञ्चार क्षेत्रमा दोस्रो ठूलो लगानी हो । यसअघि कम्पनीले पहिलो पटक रिलायन्स जियोमा लगानी गरेको थियो। यो लगानी गूगलको १० अर्ब डलरेको  इन्डिया डिजिटलीकरण कोषको हिस्सा  थियो । लगानीका सम्बन्धमा दुवै कम्पनी बीच सन् २०२१ को पहिलो ६ महीनादेखि दुवै पक्षका अधिकारीहरु बीच विभिन्न चरणमा वार्ता भइरहेको थियो । जसको औपचारिक घोषणा शुक्रवार गरिएको छ ।जसअनुसार गूगलले १ अर्ब अमेरिकी डलरसम्मको लगानी गर्दा भारती एयरटेलमा ७० करोड डलर अर्थात् ५ हजार २२४ करोड भारतीय रुपया लगानी  थप हुनेछ । यसोगर्दा गूगलले सकार गरेको प्रतिकित्ता शेयरमूल्य ७३४ रुपयामा थप शेयर जारी गरिने छ । यो सम्झौतापछि भारती एयरटेलमा गूगलको १ दशमलव २८ प्रतिशत हिस्सा कायम हुनेछ । यो द्वीपक्षीय सम्झौताको कार्यान्वयन एयरटेलको बिहीवार कायम प्रतिकित्ता शेयरको अन्तिम मूल्य ७१५ दशमलव १९ रुपयाबाट अधिकतम २ दशमलव ५ प्रतिशत मूल्यमा गरिने छ । यसको अतिरिक्त गूगल स्मार्टफोन एक्सेस, नेटवर्क तथा क्लाइउड जस्ता क्षेत्रमा सम्भावित लगानीका लागि ३० करोड डलरको कोष अलग रुपमा राखिने छ । एयरटेलका मुख्य कार्यकारी अधिकृत गोपाल विटलले अव कम्पनीको योजना आफ्नो विशिष्ट स्मार्टफोन विकसित गर्नमा हुनेछ । हाल कम्पनीको १९ करोड़भन्दा बढी फोर जी ग्राहक रहेका छन् जसमा करीब ४ करोड ग्राहक गत साल जोडिएको भन्दै कम्पनीलाई उद्धृत गर्दै विजनेश स्ट्यान्डर्डले आफ्नो वेबसाइटमा समाचार छापेको छ । उनले एयरटेलमा प्रत्येक वर्ष २ दशमलव ५ अर्ब डलर पूँजीगत लगानी भइरहेको पनि बताएका छन् । उनका अनुसार आगामी दिनमा होम ब्रोडव्यान्ड, डाटा सेन्टर तथा फाइभ जी सेवामा लगानी जारी रहने छ । गूगलको लगानीपछि कम्पनीको डिजिटल एजेन्डामा व्यापक सुधार आउने छ । सीईओ विटलले यो सम्झौतापछि गूगलको जियोमा मौजुदा लगानीमा कोई विवाद भने आउने छैन । सन् २०२० को जुलाई मा गूगलले जियो प्लेटफर्ममा ४ दशमलव ५ अर्ब डलर अर्थात् ३३ हजार ७३७ हजार करोड रुपयामा लगानी गरेर ७ दशमलव ७३ प्रतिशत हिस्सा किनेको थियो । एजेन्सी

पीएनबीको एभरेष्टमा हिस्सा बढाउने पहल

एभरेष्ट बैंकको प्रमुख साझेदार पञ्जाब नेशनल बैंकले आफ्नो शेयर बढाउने संकेत दिएको छ । गत हप्ता नेपाल आएका पञ्जाब नेशनल बैंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक के. आर. कामथले बैंकले आफ्नो हिस्सा १० प्रतिशत बिन्दुले बढाउन चाहेको बताएका हुन् । हाल बैंकको कुल चुक्ता पूँजी १ अर्ब २७ करोड ९६ लाख ७ हजार रूपैयाँ रहेको छ । यसमध्ये पञ्जाबको २० प्रतिशत हिस्सा छ । यसअनुसार उसको लगानी २५ करोड ५९ लाख २१ हजार ४सय रूपैयाँ हुन आउँछ । ‘पञ्जाब बैंकले आफ्नो हिस्सा बढाउन सञ्चालक समितिसँग प्रस्ताव गरेको छ । हामी उसको प्रस्तावप्रति सकारात्मक छौं,’ एभरेष्ट बैंकका अध्यक्ष बी.के. श्रेष्ठले बताए । प्रस्तावमा पञ्जाब बैंक र एभरेष्टका संस्थपाक सदस्यहरूबीच छलफल चलिरहेको उनले जानकारी दिए । श्रेष्ठका अनुसार एभरेष्टले आफ्नो संस्थापक शेयरको थप केही हिस्सा पञ्जाबलाई दिने बारेमा विचार गरिरहेको छ । तर, कसको कति हुने हुने भन्नेबारेमा भने अझै निर्णय भइसकेको छैन । यसबारेमा विस्तृत छलफलपछि मात्र निर्णय गरिने उनले बताए । थप १० प्रतिशत हिस्सा दिएपछि बैंकमा पञ्जाबको लगानी ३८ करोड २८ लाख ८२ हजार १ सय रुपैयाँ हुन्छ । पञ्जाब नेशनलको समेत सहभागितामा सन् १९९४ मा एभरेष्ट बैंकको स्थापना भएको हो । एभरेष्ट नेपालको सफल वाणिज्य बैंकहरू मध्ये एक हो । वर्ष ५ अंक ४९, २०६७, साउन २४–३०

कुल कारोबारमा वाणिज्य बैंक समूहको हिस्सा २१.७३ %, जलविद्युत् समूहको सर्वाधिक

कात्तिक ९, काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सर्वाधिक हिस्सा ओगटेको बैंकिङ्ग समूहको मंगलवार रू. १ अर्ब ३७ करोड २८ लाख ५७ हजार बराबरको शेयर कारोबार भएको छ ।  १६ हजार १४ पटकको व्यापारमा यो दिन बैंकिङ्ग समूहको २५ लाख १९ हजार २११ कित्ता शेयर खरीदविक्री भएको हो । कुल कारोबारमा मंगलवार वाणिज्य बैंकको हिस्सा २१ दशमलव ७३ प्रतिशत रहेको छ । बजारमा सर्वाधिक पूँजीकरणको हिस्सा ओगटेको बैंकिङ समूहमा भने बजारले ३ हजार २०० विन्दु पार गर्दा समेत उत्साह देखिएको छैन। यतिबेला धेरै जसो बैंकहरुले लाभांश सार्वजनिक गरिसक्दा पनि कारोबारमा भने उत्साहक अन्य समूहको तुलनामा कमनै देखिएको छ ।  मंगलवार कारोबारमा सर्वाधिक हिस्सा जलविद्युत् समूहले ओगटेको छ । जलविद्युत समूहको यस दिन रू. १ अर्ब ६० करोड ४८ लाख ६ हजार बराबरको ३३ लाख ३६ हजार ४३५ कित्ता शेयर कारोबार भएको छ । यो दिन कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा २५ दशमलव ४० प्रतिशत रहेको छ । धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमध्ये २६ ओटा वाणिज्य बैंकहरु रहेका छन् भने ४१ जलविद्युत् कम्पनीहरु रहेका छन् । पछिल्लो समय जलविद्युत् समूहका कम्पनीहरु धितोपत्र दोस्रो बजारमा थपिने क्रम जारी रहेको छ । कम पूँजी भएका जलविद्युत् कम्पनीहरुको शेयरप्रति बजारले गति लिन थालेसँगै लगानीकर्ताहरुको आकर्षण बढ्ने थालेको हो । विगतका दिनहरुमा अंकितमूल्यभन्दा कम मूल्य रहेका जलविद्युत् कम्पनीहरुको शेयरमूल्य हाल रू. ५०० को हाराहारीमा पुगेको छ । मंगलवार मात्र उच्च दरमा शेयरमूल्य बढ्ने २० कम्पनीहरुमध्ये १७ ओटा जलविद्युत् कम्पनीहरु रहेका छन् ।

संघीयता कार्यान्वयनसँगै वैदेशिक सहायता परिचालन स्पष्ट हुनुपर्छ

नेपालको विकास आयोजना र सुधार कार्यक्रम सञ्चालनका लागि विभिन्न दातृ निकायबाट पाउने वैदेशिक सहायता ३० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७३-७४ मा नेपालले द्विपक्षीय र बहुपक्षीय गरी विभिन्न दातृ निकायबाट कुल १ अर्ब ३८ करोड ४३ लाख अमेरिकी डलर परिचालन गरेको छ । जसमा वैदेशिक सहायता अनुदानको हिस्सा ४२, ऋणको हिस्सा ३९ र प्राविधिक सहायताको हिस्सा १९ प्रतिशत रहेको सरकारले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।