काठमाडौं : नयाँ सरकार गठन भएको करिब २ सातामै सत्तारुढ गठबन्धनभित्र खटपट सुरु भएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको गठबन्धनबाट आफ्नो पार्टी बाहिरिने बताएसँगै गठबन्धन भत्किने संकेत देखापरेको हो।गठबन्धनमा सहभागी अन्य दलले संघीयतालाई संस्थागत गर्ने सवाल उठाइरहेका र विवादित अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी) पारित गर्नेतिर केन्द्रित भएकाले आफूहरू प्रतिपक्षमा बस्ने मनस्थितिमा पुगेको अध्यक्ष केसीको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठल