सनराईज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।उक्त लाभांश कम्पनीको आगामी बस्ने बाह्रौं वार्षिक साधारणसभा सम्पन्न भई पारित भए पश्चात् वितरण गर्ने जानकारी कम्पनीले गराएको छ । कम्पनीले हाल शेयर निष्कासन, १८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य, लगानी व्यवस्थापन सेवा, शेयर प्रत्याभूति लगायत सनराईज सामूहिक लगानी कोष अन्तर्गत सनराईज फष्ट म्यूचुअल फण्ड र