बोटलर्स नेपाल तराईले ६० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले गत आर्थिक वर्ष (आव) ०७९/८० को मुनाफाबाट कुल ६० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कात्तिक २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा प्रतिशेयर ६० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीले नगद लाभांश वितरण गर्न लागेको हो । गत वर्ष पनि कम्पनीले ६० प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो । हालसम्मकै लाभांश वितरणको अवस्थालाई हेर्दा कम्पनीले नगद लाभांश मात्र वितरण गरेको अवस्था छ ।

सम्बन्धित सामग्री

सिंगटी हाइड्रोको हकप्रद शेयर र तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । तीन कम्पनीको लाभांश र सिंगटी हाइड्रोको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल (तराई) र मन्दाकिनी हाइड्रोपावरले भोलि (पुस २० गते) बुक क्लोज गर्दैछन् भने सिंगटी हाइड्रो इनर्जीले हकप्रद निष्कासनका लागि पुस २२ गते बुक क्लोज गर्दैछ । सोही अनुसार आजसम्म नेप्सेका कारोबार भई कायम शेयरधनीहरूले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न र सिंगटीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५ दशलमव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते आफ्नो रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे २९ औं वार्षिक साधारण सभा बोलाएको छ । बोटलर्स नेपाल (तराई)ले पुस २७ गते साधारण सभा सोल्टी होटल, ताहाचल, काठमाडौंमा साधारण सभा बोलाएको छ । सो सभा दिउँसो १२ बजे शुरु हुनेछ । सभाले प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरले पुस २९ गते फुडल्याण्ड एण्ड ब्याक्वेट बत्तिसपुतली, काठमाडौंमा दशौं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सिंगटी हाइड्रोले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ ।

बोटलर्स नेपाल (तराई)को नाफा यस वर्ष ५८ प्रतिशत घट्यो

काठमाडौं । बोटलर्स नेपाल (तराई)ले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १३ करोड ३० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ५८ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ३१ करोड ६७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा ४४ दशमलव २७ प्रतिशत कम भएकाले खुद नाफामा असर परेको हो । गत वर्ष ३९ करोड ९० लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष २२ करोड २३ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो । यस वर्ष ६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीको हाल चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ छ । जगेडा कोष रकम भने साढे १६ प्रतिशत बढेर ३ अर्ब ७९ करोड २९ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको वित्तीय खर्च यस वर्ष २६ प्रतिशत बढी अर्थात् ६ करोड ५० लाख रुपैयाँ भएको छ । वार्षिक प्रतिशेयर आम्दानी ४४० रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार २३५ रुपैयाँ छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १ हजार ४७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २ हजार ७८९ रुपैयाँ थियो । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

बोटलर्स नेपाल र बोटलर्स नेपाल तराईको लाभांश घोषणा

९ असोज, काठमाडौं । बोटलर्स नेपाल कम्पनी लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले लाभांश घोषणा गरेका छन् । ६ असोज बिहीबार बसेको सञ्चलाक समितिको बैंठकले दुबै कम्पनीको लाभांश प्रस्ताव गरेको हो । बोटलर्स नेपालले सेयरधनी आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै बोटलर्स नेपाल तराईले […]