नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने

काठमाडाैँ- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुलाई बोनस शेयर तथा नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीले आफ्नो ३७ औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७८÷०७९ को मुनाफावाट कम्पनीले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर तथा ६.५ प्रतिशत नगद लाभांश र बोनस शेयरमा कर प्रयोजनको लागि थप नगद लाभांश दिने निर्णय पारित गरेको हो। कम्पनीले वार्षिकोत्सवको अवसरमा […]

सम्बन्धित सामग्री

नेशनल लाईफ इन्स्योरेन्सले प्रस्ताव गर्‍यो लाभांश

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साथै ६ दशमलव ५ प्रतिशत छुट्टै नगद लाभांश वितरणको प्रस्तावसमेत कम्पनीले गरेको छ । यस आधारमा कम्पनीले कुल १४ दशमलव ९२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ६४ करोड ४ लाख ३१ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । चैत ३० गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गरेको लाभांश प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष त्योभन्दा कम लाभांश प्रस्ताव गरेको छ । कम्पनीले विगत पाँच वर्षमा वितरण गरेको लाभांश तालिका