कुमारी बैंकको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

कुमारी बैंकले आफ्ना शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा हालै बसेको २२औँ वार्षिक साधारणसभाले कर प्रयोजनसहित उक्त परिमाणको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सम्बन्धित सामग्री

११ म्युचुअल फण्डले घोषणा गरे गत वर्षको लाभांश,अधिकांशको अघिल्लो वर्ष भन्दा बढ्यो

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा ११ म्युचुअल फण्डले आफ्ना इकाईधनीहरुलाई प्रतिफल (लाभांश) वितरण गर्ने प्रस्ताव गरेका छन् । अधिकांश फण्डको लाभांश अघिल्लो वर्षको तुलनामा गत वर्षमा बढेको छ ।  लाभांश वितरण गर्ने प्रस्ताव गरेका फण्डहरुमध्ये सबैभन्दा बढी सनराइज फस्र्ट म्युचुअल फण्डले कर सहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । अघिल्लो वर्ष भने यस फण्ड आफ्ना इकाईधनीहरुलाई १२ प्रतिशत नगद लाभांश कर सहित वितरण गरेको थियो ।  त्यस्तै दोस्रोमा एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले गत आवको मुनाफाबाट अफ्ना इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो ।  त्यस्तै सबैभन्दा कम लाभांश एनआईबिएल सहभागिता फण्डको   ४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको हो । यस फण्डले अघिल्लो वर्षको तुलनामा गत वर्षमा लाभांश घटाएको छ ।  अघिल्लो वर्ष भने आफ्ना शेयरधनीलाई ७ दशलमव २ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । ११ फण्डहरुमध्ये यस एनआईबिएल सहभागिता फण्ड ,सिद्धार्थ इक्वीटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को लाभांश अघिल्लो वर्षको तुलनामा गत वर्षमा घटेको हो भने बाँकी सबैं फण्डको लाभांश बढेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले अघिल्लो वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत वर्षमा ६ दशलमव ५ प्रतिशतमा झरेको हो । त्यस्तै सिद्धार्थ इक्वीटी फण्डले अघिल्लो वर्ष आफ्ना शेयरधनीलाई ९ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत वर्ष ४ प्रतिशतमा झरेको हो ।  प्रतिशतका आधारमा सबैभन्दा बढी कुमारी इक्वीटी फण्डको लाभांश अघिल्लो वर्षको तुलनामा गत वर्ष ४ प्रतिशत वृद्धि भएको छ । अघिल्लो वर्ष फण्डले आफ्ना शेयरधनीलाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत वर्ष बढेर १० प्रतिशत पुगेको हो ।  लक्ष्मी उन्नती कोष र कुमारी धनवृद्धि योजनाले अघिल्लो वर्ष लाभांश वितरण गरेका थिएनन् ।

कुमारी क्यापिटलले आव्हान गर्‍यो साधारण सभा, १५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले भदौ २१ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । कुमारी बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौंमा साझ ५ः३० बजे सभा गर्ने तयारी गरेको हो । सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको वार्षिक लेखापरिक्षणका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । क्यापिटलको शेयरधनीहरूका लागि १५ प्रतिशत कर समेत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । कम्पनीले नगद लाभांश वापत ६ करोड रूपैयाँ वितरण गर्न लागेको हो । यस कम्पनी र अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ति गर्ने विषय समेत सभाका लागि तय भएको छ । आगामी दिनमा अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्तिमा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।

कुमारी बैंकको १२.५ प्रतिशत लाभांश पारित

कुमारी बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारणसभाले सेयरधनीलाई १२ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष अमिरप्रताप जंगबहादुर राणाको अध्यक्षतामा भएको साधारणसभाले सामान्य प्रस्तावका रूपमा...

कुमारी बैंकले वितरण गर्‍यो २.६७% नगद लाभांश

मंसिर १, काठमाडौं । कुमारी बैंक लिमिटेडले कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकले सूचना सार्वजनिक गर्दै उक्त नगद लाभांश हितग्राही खातामा बैंक खाता नम्बर अध्यावधिक गराएका शेयरधनीहरुको हकमा सोही खातामा जम्मा गरेको जानकारी दिएको हो । यसका साथै हालसम्म पनि आफ्नो बैंक खाता अद्यावधि नगराएका शेयरधनीहरुले यथासिघ्र बैंक खाता नम्बर अद्यावधिक गराउन समेत बैंकले अनुरोध गरेको छ । कात्तिक ८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा सुविधा उपभाग गरेका शेयरधनीहरुले सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र नगद लाभांश बैंक खातामा जम्मा गरिने जानकारी समेत बैंकले दिएको छ । कुमारी बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ६ प्रतिशत बोनस शेयर र कर समेत २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपश्चात मात्र सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ । बैंकले रू. १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजारको आधारमा ६ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । बैंकले साधारण सभा प्रयोजनका लागि कात्तिक ८ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकको ६ प्रतिशत बोनस

कुमारी बैंकको २१औं वार्षिक साधारणसभाले सेयरधनीलाई ६ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ । बैंकको मंगलबार सम्पन्न साधारणसभाले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर तथा बोनस सेयरवापत लाग्ने कर प्रयोजनका लागि समेत गरी २.६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७-०७८ को आर्थिक विवरण, वासलात, नाफा […]

कुमारी बैंकका सेयरधनीले बोनस सेयर ६ र नगद लाभांश २.६७ प्रतिशत पाउने

कुमारी बैंक लिमिटेडका सेयरधनीले बोनस शेयर ६ र नगद लाभांश २.६७ प्रतिशत पाउने भएका छन् । कम्पनीको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई यो परिमाणमा लाभांश दिने प्रस्ताव पारित गरेको हो । साधारण सभाले सेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६% बोनस शेयर तथा बोनश सेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत २.६७% बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो बोनस शेयर जारीपश्चात् बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ पुग्नेछ । बैंकको २१ औं वार्षिक साधा

कुमारी बैंक र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कात्तिक ७, काठमाडौं । कुमारी बैंक र शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (आइतवार) रहेको छ । दुवै कम्पनीहरुले सोमवार अर्थात् कात्तिक ८ गते बुक क्लोज गर्दैछन् । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र यी दुवै कम्पनीहरुको लाभांश प्राप्त गर्न सक्नेछन् । कुमारी बैंकले यस वर्ष गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापूँजीको ६ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनका लागि २ दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १६ गते आफ्नै कार्यालय नक्सालमा २१औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११:३० बजे शुरु हुने जानकारी दिएको छ । उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै, शिवम् सिमेण्टले गत आर्थिक २०७७/०७८ वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १६ गते होटल सोल्टी, काठमाडौंमा बिहान १० बजे छैठौं वार्षिक साधारण सभा बोलाएको छ । सभाले कम्पनीको चुक्तापूँजी भन्दा बढी रकम कुनै बैंक तथा वित्तीय संस्थाहरुबाट थप कर्जा सुविधा लिनु परेमा कर्जा सम्झौता गरी आवश्यक कर्जा लिने सम्बन्धमा आवश्यकतानुसार निर्णय गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

कुमारी बैंकले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

३१ असोज, काठमाडौं । कुमारी बैंकले वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको मूनाफाबाट वितरण गर्न लागेको बोनस शेयर तथा नगद लाभांश पारित गर्नका लागि बैंकले साधारणसभा बोलाएको हो । ६ प्रतिशत र सोको कर प्रयोजनसहिथ २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिले निर्णय गरी साधारणसभामा प्रस्ताव लैजादैछ । बैंकले कात्तिक १६ गते […]

चार ओटा वाणिज्य बैंकद्वारा लाभांश प्रस्ताव, कुन-कुन कम्पनीले कति दिने ?

असोज १५, काठमाडौं । नेप्सेमा सूचीकृत २७ ओटा वाणिज्य बैंकमध्ये ४ ओटा वाणिज्य बैंकले शेयरधनीका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । यी चार ओटा कम्पनीले गत आव २०७७/७८ को मुनाफाबाट यस वर्षका लागि शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सानिमा बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र कुमारी बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । कुमारी बैंक बाहेकका तीन ओटा कम्पनीको लाभांश अघिल्लो आवको तुलनामा बढाएका छन् । यी चार  ओटा कम्पनीमध्ये सबैभन्दा बढी सानिमा बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९४७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसैगरी माछापुच्छ्रे बैंकले १३ दशमलव ३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यी चारओटै कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । यी चार ओटा कम्पनीमध्ये सिटिजन्स बैंकले लाभांश वितरण र साधारण सभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १५औं वार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस आधारमा असोज २० गतेसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन सक्नेछन् ।                                                          स्रोत : कम्पनीद्वारा प्रकाशित नोटिस