लुम्बिनी प्रदेशसभा सदस्य यादव निलम्बित

दाङ : लुम्बिनी प्रदेशसभा सदस्य जानकीप्रसाद यादवलाई प्रदेशसभा सदस्यबाट निलम्बन गरिएको छ।यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेकापछि उनी निलम्बनमा परेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभा सचिव दुलर्भकुमार पुनले सूचना जारी गरी यादवविरुद्धको मुद्दा अन्तिम किनारा नभएसम्म स्वतःनिलम्वनमा रहने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार निलम्बन गरिएको जानकारी दिए। उनीविरुद्ध सार्वजनिक सम्पत्ति (वन पैदावार) को हानिनोक्सानी गरी भ्रष्टाचार गर

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशसभा सदस्य दीपेश थारुले दिए राजीनामा

बुटवल– लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दीपेश थारुले सांसद पदबाट राजीनामा दिएका छन्। बर्दिया २ ‘ख’बाट निर्वाचित भएका थारुले स्थानीय निर्वाचनमा उमेदवारी दिएसँगै पदबाट राजीनामा दिएको प्रदेश सभा सचिवालयले जनाएको छ। थारुले सभामुखसमक्ष दिएको राजीनामा सूचना टाँस गरिएको छ। प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले प्रदेश सभा सञ्चालन नभएकाले सूचना टाँस गरेर राजीनामाबारे जानकारी गराइएको […]

लुम्बिनी प्रदेशसभा सदस्य चौधरी सवार गाडी दुर्घटना

बुटवल : राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन दाङको घोराही जाँदै गरेका लुम्बिनी प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरी दुर्घटनामा परेका छन्। चौधरी सवार बा २ झ ३४४४ नम्बरको स्कारपियो गाडी दुर्घटना हुँदा उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए। रूपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को…

लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्तीले रोजिन् एकीकृत समाजवादी

लुम्बिनी प्रदेश सभाका नेकपा एमाले सांसद रमा घर्तीले एकीकृत समाजवादी पार्टी रोजेकी छन् । उनले मंगलवार निर्वाचन आयोगको कार्यालय दाङ पुगेर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेकी हुन् । यससँगै लुम्बिनी प्रदेश सभामा दलको संख्या ६ पुगेको छ । उनी पाल्पाकी सांसद हुन् । यससँगै लुम्बिनी प्रदेशमा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ ।  जिल्ला निर्वाचन कार्यालय दाङ प्रमुख निमराज भट्टराईले १ जना माननीयले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी दिए । एमालेबाट विभाजन भई नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाण...

ओली समूहका थप दुई सांसद नेपाल समूहतिर

-नेकपा एमालेका दुई जना लुम्बिनी प्रदेशसभा सदस्य बिष्णु पन्थी र रमा घर्ती माधव कुमार नेपाल समूहमा स्पष्ट रुपमा खुलेका छन् ।

लुम्बिनी प्रदेशसभा सदस्य विमला वली माओवादीको सम्पर्कमा !

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली फेरि माओवादीको सम्पर्कमा पुगेको दावी गरिएको छ । एक हप्तादेखि माओवादी पार्टी र मिडियाको सम्पर्क बाहिर रहेकी वलीले आफू एमाले रहेको भन्दै सोमबार प्रेस विज्ञप्ति जारी गरेकी थिइन् । तर, बुधबार फेरि  पार्टीको सम्पर्कमा आएको र उनले आफू माओवादी सांसद नै कायम रहेको उनले बताएको माओवादी नेताहरुले दावी गरेका छन् ।सम्पर्कविहीन भनिएको वली आज दिउँसो माओवादी पाटीको सम्पर्कमा आएका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सुदर्शन वरालले  बताए । उनले भने,

लुम्बिनी प्रदेशसभा सदस्य विमला वली एमालैमै

अर्घाखाँची : लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफू नेकपा एमालेमै रहेको जनाएकी छन्। दाङ निर्वाचन क्षेत्र  नम्बर ३ (ख) बाट निर्वाचित वलीले सोमबारै प्रेस विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेमा रहेको बताएकी हुन्।विज्ञप्तिमा लेखेकी छन्, 'नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा हामी सँगै थियौं तर, अहिले पार्टी अलगअलग भएको छ। निर्वाचित हुँदा नेकपा एमालेको सूर्य चिन्हबाट चुनाव लडेर विजयी भएको थिएँ, त्यसकारण म अहिले पनि एमाले नै हुँ, भोलि पनि एमालेमै रहनेछु।'उनले केही समय अगाडि स्

सम्पर्कविहीन भनिएकी सांसद बिमलाले भनिन्ः घाँटीको उपचारका लागि नेपालगन्जमा छु

सम्पर्कभन्दा बाहिर रहेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला खत्रीले आफू उपचारका क्रममा नेपालगन्जमा रहेको बताएकी छिन्।...

लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली पार्टीको सम्पर्क बाहिर

काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली सम्पर्कविहीन भएकी छन्। उनी शुक्रबार बिहानदेखि पार्टीको  सम्पर्कमा नरहेको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिए।वली केही दिन समयअघि नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्। मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीलाई एमालेले प्रलोभनमा पारेको हुनसक्ने माओवादी नेताहरुको आशंका छ। लुम्बिनी प्रदेशमा पोखरेल नेतृत्वको सरकार अहिले अल्पमतमा छ।जनता समाजवादी पार्टीबाट प

एमाले लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

यमलाल भुसाल, बुटवल । लुम्बिनी प्रदेशकमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिर्नु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाउनु भएको हो् । डाँगीको राजिनामा संगै मुख्यमन्त्री पोखरेलको संकट थप जटिल बनेको छ । डाँगीले राजीनामा दिएपछि एमालेसँग ३८ […]