लुम्बिनी प्रदेशसभा सदस्य विमला वली एमालैमै

अर्घाखाँची : लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफू नेकपा एमालेमै रहेको जनाएकी छन्। दाङ निर्वाचन क्षेत्र  नम्बर ३ (ख) बाट निर्वाचित वलीले सोमबारै प्रेस विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेमा रहेको बताएकी हुन्।विज्ञप्तिमा लेखेकी छन्, 'नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्दा हामी सँगै थियौं तर, अहिले पार्टी अलगअलग भएको छ। निर्वाचित हुँदा नेकपा एमालेको सूर्य चिन्हबाट चुनाव लडेर विजयी भएको थिएँ, त्यसकारण म अहिले पनि एमाले नै हुँ, भोलि पनि एमालेमै रहनेछु।'उनले केही समय अगाडि स्

सम्बन्धित सामग्री

विमला वली भोलि सार्वजनिक हुने

गएको शुक्रबारदेखि सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री(वली) ले विहीबार (भोलि) पत्रकार सम्मेलन गरि सार्वजनिक हुने बताएकी छन्। उनी निकट स्रोतका अनुसार वली माओवादी केन्द्रमै रहेको र भोलि...

विमला वली फेरि माओवादी केन्द्रमा

दाङ । लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली पुनः नेकपा (माओवादी केन्द्र)मा फर्किएकी छन् । गएको सोमबार आफू नेकपा (एमाले)मा प्रवेश गरेको विज्ञप्ति जारी गरेकी थिइन् । बुधबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई मोबाइलमा सन्देश पठाएर वलीले आफू माओवादीमै रहेको बताएकी छन् । प्रदेशसभा सदस्य इन्द्रजित चौधरीका...

लुम्बिनीकी सांसद विमला वली सम्पर्कविहीन !

लुम्बिनी प्रदेशसभा सदस्य विमला वली सम्पर्कविहीन भएका नेकपा माओवादी केन्द्रले जनाएको छ । नेकपा हुँदा सूर्य चिह्नबाट चुनाव जितेकी वलीले पार्टी विभाजनपछि माओवादी केन्द्र रोजेकी थिइन् । लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगर ‘वसन्त’ले सांसद वली शुक्रवार बिहानदेखि सम्पर्कविहीन रहेका जानकारी दिए । लोकान्तरसँग कुराकानी गर्दै घर्तीमगरले वलीसँग सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको बताए । लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख अमिक शेरचन आएपछि सरकार परिवर्तनको खेल हुनसक्ने चर्चाबीच ...