लुम्बिनी प्रदेशसभा सदस्य विमला वली माओवादीको सम्पर्कमा !

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली फेरि माओवादीको सम्पर्कमा पुगेको दावी गरिएको छ । एक हप्तादेखि माओवादी पार्टी र मिडियाको सम्पर्क बाहिर रहेकी वलीले आफू एमाले रहेको भन्दै सोमबार प्रेस विज्ञप्ति जारी गरेकी थिइन् । तर, बुधबार फेरि  पार्टीको सम्पर्कमा आएको र उनले आफू माओवादी सांसद नै कायम रहेको उनले बताएको माओवादी नेताहरुले दावी गरेका छन् ।सम्पर्कविहीन भनिएको वली आज दिउँसो माओवादी पाटीको सम्पर्कमा आएका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सुदर्शन वरालले  बताए । उनले भने,

सम्बन्धित सामग्री

विमला वली भोलि सार्वजनिक हुने

गएको शुक्रबारदेखि सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री(वली) ले विहीबार (भोलि) पत्रकार सम्मेलन गरि सार्वजनिक हुने बताएकी छन्। उनी निकट स्रोतका अनुसार वली माओवादी केन्द्रमै रहेको र भोलि...

विमला वली फेरि माओवादी केन्द्रमा

दाङ । लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वली पुनः नेकपा (माओवादी केन्द्र)मा फर्किएकी छन् । गएको सोमबार आफू नेकपा (एमाले)मा प्रवेश गरेको विज्ञप्ति जारी गरेकी थिइन् । बुधबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीलाई मोबाइलमा सन्देश पठाएर वलीले आफू माओवादीमै रहेको बताएकी छन् । प्रदेशसभा सदस्य इन्द्रजित चौधरीका...

लुम्बिनीकी सांसद विमला वली सम्पर्कविहीन !

लुम्बिनी प्रदेशसभा सदस्य विमला वली सम्पर्कविहीन भएका नेकपा माओवादी केन्द्रले जनाएको छ । नेकपा हुँदा सूर्य चिह्नबाट चुनाव जितेकी वलीले पार्टी विभाजनपछि माओवादी केन्द्र रोजेकी थिइन् । लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगर ‘वसन्त’ले सांसद वली शुक्रवार बिहानदेखि सम्पर्कविहीन रहेका जानकारी दिए । लोकान्तरसँग कुराकानी गर्दै घर्तीमगरले वलीसँग सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको बताए । लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख अमिक शेरचन आएपछि सरकार परिवर्तनको खेल हुनसक्ने चर्चाबीच ...