लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली पार्टीको सम्पर्क बाहिर

काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्य बिमला वली सम्पर्कविहीन भएकी छन्। उनी शुक्रबार बिहानदेखि पार्टीको  सम्पर्कमा नरहेको नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलाराम घर्तीले जानकारी दिए।वली केही दिन समयअघि नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्। मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीलाई एमालेले प्रलोभनमा पारेको हुनसक्ने माओवादी नेताहरुको आशंका छ। लुम्बिनी प्रदेशमा पोखरेल नेतृत्वको सरकार अहिले अल्पमतमा छ।जनता समाजवादी पार्टीबाट प