मन्त्री मनाङेले कर्मचारीमाथि हातपात गरेको जानकारी आएको छैन : प्रवक्ता खड्का

गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेको भन्ने आधिकारिक जानकारी आफूले नपाएको बताएका छन् । मंगलबार अपरान्ह मन्त्री गुरुङले आफ्नै मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेको समाचार बाहिरिएपछि उनले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै त्यसको आधिकारिक जानकारी आफूले नपाएको बताएका हुन् ।प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रीसमेत रहेका प्रवक्ता खड्काले त्यसबारे मुख्यमन्त्री कार्यालय

सम्बन्धित सामग्री

डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता, १० दिन बिदा स्वीकृत - NepaliPatra

काठमाडौँ । डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख चन्दको राजीनामा फिर्ता भएको हो । चन्दले शुक्रबार राजीनामा दिएका थिए । राजीनामा रीतपूर्वक नभएको भन्दै फिर्ता गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेपछि बनाइएको छानबिन समितिले […]

वडाध्यक्षलाई कारबाही गर्न गाउँपालिकाको पत्राचार - NepaliPatra

दाङ । दाङको शान्तिनगर गाउँपालिकाले वडा नं २ का वडाध्यक्ष सुनिल वलीलाई कारबाही गर्न पत्राचार गरेको छ । वलीले कर्मचारीमाथि हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङसँग कारबाहीका लागि पत्राचार गरिएको हो । कर्मचारीमाथि हातपात गरेको आरोपमा वलीलाई कानुनी कारबाहीको माग गरी बिहीबार पत्राचार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारी दिए । उनले […]

खेलकुदमन्त्री मनाङेले कर्मचारीमाथि हातपात गरेको विषय जानकारी छैनः खड्का

काठमाडौँ – गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेको भन्ने आधिकारिक जानकारी आफूले नपाएको बताएका छन्। मन्त्री गुरुङले मंगलबार मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेको समाचार बाहिरिएपछि उनले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै त्यसको आधिकारिक जानकारी आफूले नपाएको बताए। प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास […]

एयरपोर्टका कर्मचारी कुट्ने पर्यटन बोर्डका सीईओलाई मन्त्री आलेले बोलाए

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सारका कर्मचारी कुट्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई मन्त्रालयले बोलाएको छ । पर्यटनमन्त्री प्रेम आलेले मदिराले मातेर कर्मचारीमाथि हातपात गर्ने सीईओ रेग्मीलाई सोधपुछका लागि बोलाएका हुन् । ुमैले उहाँलाई मन्त्रालयमा बोलाएको छु, घटना के भएको हो भनेर उहाँसँग जानकारी लिन बोलाएको हुँ’ मन्त्री आलेले भने, ‘यो घटनालाई गम्भीरताका साथ लिएको छु ।’ उनले सोधपुछ गरिसकेपछि थप प्रक्रिया अगाडी बढ्ने पनि बताए । ‘सोधपुछ नै नगरी छानबिनको प्रक्रिया अगाडी बढाउने कुरा भएन, सुरुमा घटनाको विषयमा जानकारी लिएपछि छानबिन पनि हुन्छ’ मन्त्री आलेले भने ।बेलायतमा भएको वर्ल्ड ट्राभल मार्टमा सहभागी भएर फर्किने क्रममा ६ बोतल मदिरा ल्याएपछि भन्सारका नासु सुमन थापाले सोधपुछ गर्दा सीईओ रेग्मीले झाप्पड हानेका थिए ।सीईओ रेग्मीले मदिरा सेवन गरेको पाईएको विमानस्थल भन्सार कार्यालय स्रोतले जनाएको छ ।यसअघिःरक्सीले मातेका पर्यटन बोर्डका सीईओले एयरपोर्टमा कर्मचारी कुटे, घटना गुपचुप राख्न ‘सर्कुलर’

विद्युत कर्मचारीमाथि हातपात गर्ने होटल व्यवसायीले मागे माफी

मोरङ– होटलको विद्युतको बक्यौता रकम नतिरेपछि लाइन काट्न पुगेको विद्युतको टोलीमाथि हातपात भएको घटनामा होटल सञ्चालकले माफी मागेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार साँझ भएको छलफलपछि होटल सञ्चालकले आफूले आवेशमा आएर घटना गराएको र आगामी दिनमा कुनै पनि गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै माफी मागेको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख रोशन खड्काले जानकारी दिए। तर […]

पत्रकारलाई सूचना दिएको भन्दै मेयरले कर्मचारी कुटे

जनकपुरधाम – धनुषामा पत्रकारलाई सूचना दिएको भन्दै जनप्रतिनिधिबाट कर्मचारीमाथि हातपात भएको छ। जिल्लाको विदेह नगरपालिकाका प्रमुख वेचन दासले नगरपालिकाका एक जना कर्मचारीलाई सूचना दिएको विषयलाई लिएर हातपात गरेका हुन्। नगरप्रमुख दासले नगरपालिकामा हुँदै आएको अनियमितताको विषयमा जानकारी गराएको भन्दै नगरपालिकाका कर्मचारी चन्देश्वर ठाकुरमाथि उनकै कार्यकक्षमा हातपात गरेका हुन्। नगरप्रमुख दाससँगै उनका कार्यकर्ता विदेह नगरपालिका–५ का […]