कर्मचारी कुट्ने सीईओ रेग्मीले प्लेनभरी रक्सी पिएको खुलासा, हटाउने मनस्थितीमा मन्त्री र सचिव

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कर्मचारी कुटेको विषय अहिले पेचिलो बनेको छ । तिहारको भाई टीकाको दिन बेलायतबाट फर्किएका सीईओ रेग्मीले विमानस्थलको भन्सार जाँचपासमा खटिएका कर्मचारीमाथि हात हालेको समाचार आएपछि पर्यटनमन्त्री प्रेम आले रुष्ट बनेका छन् ।मदिराले मातेर आएका उनले ब्यागेजमा ६ बोतल मदिरा ल्याएका थिए । ब्यागेजमा मदिरा देखेपछि विमानस्थल भन्सारका नायब सुब्बा सुमन थापाले ६ बोतल रक्सी एक्लैले ल्याएको कि साथमा अरु साथीहरु पनि छन् भन्दै प्रश्न गरे । लगत्तै सीईओ डा. रेग्मीले थापालाई थप्पड हाने ।‘म को हुँ तैले चिनेको छस् ?’ डा. रेग्मीले भनेको शब्द सुनाउँदै स्रोतले भन्यो, ‘म यो देश चलाउने मान्छे हुँ, बुझिस् ।’यति मात्रै नभई उनले ६ बोतल रक्सी मन्त्री आले, सचिव यादव प्रसाद कोइराला र मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मीको समेत भएको दाबी सुनाएको विमानस्थल स्रोत बताउँछ । जाँचपासमा खटिएका कर्मचारीमाथि हातपात भएपछि रेग्मीलाई भन्सार अधिकृतले नियन्त्रणमा लिए । लगत्तै एयरपोर्ट भन्सारका प्रमुख महेश भट्टराईले यो विषयको जानकारी भन्सार विभागका महानिर्देशक नारायण सापकोटालाई पनि गराए । सापकोटाले जोसुकै भएपनि नियम अनुसार कारबाही गर्न भने ।भन्सार ऐन २०६४ मा विदेशबाट फर्किनेले प्रतिव्यक्ति १ लिटर मदिरा ल्याउन पाउने व्यवस्था छ । तर, डा. रेग्मीले ६ बोतल ल्याएपछि उक्त मदिरा जफत गरिएको विमानस्थल भन्सार स्रोतले बताएको छ ।मदिरा जफतसहित उनलाई ५ हजार जरिवाना पनि तिराईएको छ । यसअघिःरक्सीले मातेका पर्यटन बोर्डका सीईओले एयरपोर्टमा कर्मचारी कुटे, घटना गुपचुप राख्न ‘सर्कुलर’प्लेनभरी मदिरा सेवन‘मन्त्री, सचिव र मन्त्रीको स्वकिय सचिव समेतको सामान हो भनेर एयरपोर्टका कर्मचारीलाई धाक लगाएछन्’ मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्री र सचिवको सामान त भीआईपीमार्फत आउँछ नि, उसले बोक्नै पर्दैन, नशाको तालमा धाक लगाएको हुनुपर्छ । सीईओले गल्ती गरेकै हुन् ।’स्रोत थप्छ, ‘मन्त्री ज्यू विजनेश क्लासमा हुनुहुन्थ्यो, सचिव सर पनि अगाडी हुनुहुन्थ्यो, सीईओ पछाडी थिए, प्लेन भरी पिउँदै थिए, उनी नशामा लठ्ठ थिए, नशाको तालमा कर्मचारीलाई झापड हानेकै हुन् ।’स्टेप चाल्ने मनस्थितीमा मन्त्रीघटना सार्वजनिक भएपछि मन्त्री आलेले सचिव यादव कोइरालासँग आज छलफल गरेका छन् । छलफलमा मन्त्री र सचिवबीच ‘स्टेप’ चाल्ने कुरा भएको मन्त्रीको सचिवालय स्रोतले बताएको छ ।‘मदिरा पिएको भन्ने कुरा त सिनामंगल हस्पिटलको ल्याबमा टेष्ट गर्दा प्रमाणित नै भईसकेको छ’ स्रोतले भन्यो, ‘पर्यटन बोर्डको सीईओ जस्तो मान्छेले यस्तो हर्कत गरेको कुरा सैह्य हुँदैन भनेर मन्त्री र सचिव ज्यूबीच कुराकानी भएको छ, उहाँहरुले स्टेप चाल्नुहुन्छ भन्ने नै छ ।’यस विषयमा मन्त्रालयले भोली मंगलबारसम्म निर्णय गरिसक्ने स्रोतले दाबी गरेको छ ।