खेलकुदमन्त्री मनाङेले कर्मचारीमाथि हातपात गरेको विषय जानकारी छैनः खड्का

काठमाडौँ – गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेको भन्ने आधिकारिक जानकारी आफूले नपाएको बताएका छन्। मन्त्री गुरुङले मंगलबार मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझामाथि हातपात गरेको समाचार बाहिरिएपछि उनले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै त्यसको आधिकारिक जानकारी आफूले नपाएको बताए। प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास […]