विद्युत कर्मचारीमाथि हातपात गर्ने होटल व्यवसायीले मागे माफी

मोरङ– होटलको विद्युतको बक्यौता रकम नतिरेपछि लाइन काट्न पुगेको विद्युतको टोलीमाथि हातपात भएको घटनामा होटल सञ्चालकले माफी मागेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार साँझ भएको छलफलपछि होटल सञ्चालकले आफूले आवेशमा आएर घटना गराएको र आगामी दिनमा कुनै पनि गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाउँदै माफी मागेको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख रोशन खड्काले जानकारी दिए। तर […]