खानेपानी ल्याउन २ घण्टा हिँड्नुपर्ने

गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक (५८) हरेक बिहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्चिन्छन् । उनी विगत १२ वर्षदेखि हरेक बिहान एक गाग्री पानी भर्नका लागि एक घण्टा पैदल दूरी गरी फुर्कोटदेखि थाम्का पुग्छिन् । यसरी दुःख गरी ल्याएको पानीले खाना पकाएपछि उनी गिट्टी कुट्न छिर्नी पुग्छिन् । विक ४६ वर्ष पुग्दा श्रीमानको मृत्यु भएपछि घर खर्चका लागि गिट्टी कुट्ने काममा लागिन । तर एक दशकभन्दा बढी समयदेखि पानीका लागि सङ्घर्षरत उनी लगायतकाको समस्या समाधानका लागि आश्वासन

सम्बन्धित सामग्री

पर्वतको विष्टपानीमा बोरिङ प्रविधिमार्फत पानी वितरण

पर्वत । पहाडी क्षेत्रमा डिप बोरिङ गरेर पानी निकाल्ने प्रविधि सफल भइरहेको अवस्थामा पर्वतको उच्च पहाडी क्षेत्र फलेवास नगरपालिका ३ पोखराचौर स्थित विष्टपानीमा डिप बोरिङ गरेर पानी निकालिएको छ । डिप बोरिङ गरेर निकालिएको पानी यहाँका १७ घरमा वितरण गर्न शुरू भइसकेको छ । नाम विष्टपानी भए पनि यो गाउँमा पानीको अभाव थियो । सामुद्रिक सतहबाट १२ सय ४८ मिटर उचाइमा रहेको विष्टपानी गाउँमा १ सय २० मिटर जमिनमुनिबाट पानी निकालिएको छ । ३२ एमएमको पाइपमा दिनमा दुई घण्टा पानी तान्दा गाउँलाई दिनभरि पुग्छ । फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले उक्त आयोजनाको उद्घाटन गरे । सम्भावना नै नदेखेको ठाउँमा पनि लामो प्रयासपछि पानी निकालेर घरघरै वितरण गर्न सफल भएको शर्माले बताए । फलेवास नगरपालिकाले तीन वर्ष लगाएर यहाँ पानी निकालेको भन्दै शर्माले अरू ठाउँमा पनि यस्तो आयोजना शुरू गर्न सकिने सम्भावना रहेको बताए । नगरको समृद्धि र विकासका लागि आफूहरू असाधारण काम लिएर जनतामाझ गएको प्रमुख शर्माले बताए । नगरपालिकाले यो योजनाका लागि ४० लाख रुपैयाँ खर्चेको छ । यसअघि पनि विष्ट गाउँमा पानी ल्याउन धेरै प्रयास भएका थिए । वडाध्यक्ष अर्जुनबहादुर केसीले विष्टपानी जस्तो उच्च स्थानमा जमीनमुनिबाट पानी तानेर नमूना काम गरेको चर्चा गरे । नजिकमा पानीका मुहान नभएको र टाढाबाट पानी ल्याउँदा बेला बेलामा नआउने समस्याका कारण आजित भएका विष्टगाउँवासी जमिनमुनिको पानी आएपछि समस्याबाट मुक्त भएको केसीले बताए ।  शंकरपोखरी पानीको असुविधा भएको गाउँ हो । यहाँ टाढा टाढाका पानीका मुहान र आकाशे पानी संकलन गरेर समेत पानीको गर्जो टार्ने चलन थियो । यो गाउँमा लमायखोलाबाट पानी तानेर वितरण गर्ने बृहत् लिफ्ट खानेपानी आयोजनाको काम पनि अन्तिम चरणमा रहेको छ । पछिल्लो समय चलेका योजनाहरूले भने शंकरपोखरीवासीले सुविधाको श्वास फेर्न थालेका छन् ।

हुम्लाको पाम्लाथुङका बासिन्दा खोलाको पानी पिउन बाध्य

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका ७ को पाम्लाथुङमा खानेपानीको गम्भीर समस्या भएको छ। स्थानीय बासिन्दा एक गाग्री पानीका लागि डेढ घण्टा हिँड्नु पर्ने बाध्यतामा छन्। सडकमा रहेको खानेपानी आयोजनाको पाइप गाडीले थिचेपछि स्थानीय बासिन्दा समस्यामा परेका हुन्। धारामा पानी आउन छाडेपछि आफूहरु डेढ घण्टा हिँडेर हेक्पाखोलाबाट पानी ल्याउन बाध्य भएको स्थानीय चन्द्रबहादुर शाहीले बताए । […]

खानेपानी लिन खोलामा

कालीमाटी गाउँपालिका–७ र्‍याङकी ५० वर्षीया दिलसरा पुन बस्तीदेखि आधा घण्टा तलको खोलामा पुगी पानी ल्याउन बाध्य छिन् । उनकी छिमेकी निर्मला ओलीलाई पनि एक गाग्री पानी लिन बिहानै ५ बजेट उठेर गाउँ तलको खोलामा जानुपर्ने बाध्यता छ । ‘पानीकै दुःखमा हाम्रो जुनी बित्ने भयो,’ उनले भनिन्, ‘जतिबेला पनि पानीकै पीर हुन्छ ।’

मोटर बिग्रिएपछि खानेपानी हाहाकार

कुमाख गाउँपालिका–१ स्विकोटकी ४५ वर्षीया कमला बुढा बस्तीदेखि एक घण्टा तलको स्वीकोटखोलामा पुगी पानी ल्याउन बाध्य छिन् । उनकी छिमेकी ४० वर्षीया नन्नकली रोकालाई पनि एक गाग्री पानी लिन बिहानै ५ बजेट उठेर गाउँ तलको खोलामा जानुपर्ने बाध्यता छ । ‘पानीकै दुःखमा हाम्रो जुनी बित्ने भयो,’ उनले भनिन्, ‘जतिबेला पनि पानीकै पीर हुन्छ ।’

चडेपानीका २०० घरमा खानेपानीको हाहाकार

बैतडी : कात्तिक पहिलो साताको अविरल वर्षाले पाइप लाइनमा क्षति पुगेपछि दोगडाकेदार गाउँपालिका-७ चडेपानी गाउँमा खानेपानीको चरम अभाव भएको छ। वर्षाका कारण श्रीकोट बहुमुखी क्याम्पसबाट माटो बगेर पाइपलाइनमा क्षति पुगेपछि २०० घरपरिवार खानेपानीबाट बञ्चित भएका छन्।पाइपलाइनमा क्षति पुगेपछि गाउँमा जाने खानेपानी अवरुद्ध भएको स्थानीय केशवराज भट्टले बताए। गाउँमा दुई सातादेखि खानेपानीको अभाव भएको छ। ‘अवरुद्ध पाइपलाइन मर्मत गर्न कसैले चासो दिएका छैनन्, हामी दुई घण्टा टाढाको मुहानबाट पानी ल्याउन बाध्य छौ

खानेपानी ल्याउन डेढ घण्टा धाउनुपर्ने बाध्यता

सल्यान : कालीमाटी गाउँपालिका–२ को कोछट्टे, टोटके र बारपुरका स्थानीयले खानेपानीका लागि वषौंदेखि सास्ती भोगिरहेका छन्। नजिकैका खानेपानी मुहान सुकेपछि डेढ घण्टा हिँडेर खानेपानी ओसार्नुपर्ने बाध्यता छ।खानेपानीको संकट बढेपछि अड्कलेर पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको दिलमाया सुनारले बताइन्। उनले भनिन्, ‘पानीको अभाव झेल्दै पुस्तौं बिताइयो। हाम्रा दुःख कहिल्यै हटेनन्।’ नजिकका खानेपानी मुहान सुकेका र सरकारले गाउँभन्दा टाढाका मुहानबाट पानी ल्याउन योजना सञ्चालन नगर्दा समस्या भइरहेको उन

खानेपानी आयोजना निर्माणपछि स्थानीय खुसी - Naya Patrika

जाजरकोट नलगाड नगरपालिका–११ बानियाँ गाउँ र दम्कागाउँमा खानेपानी आयोजना निर्माणपछि स्थानीयले ठूलो राहत पाएका छन् । आयोजना निर्माणसंगै महिलालाई पानी ल्याउन १ घण्टा टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।...पूरा पढ्नुहोस् »