खानेपानी ल्याउन डेढ घण्टा धाउनुपर्ने बाध्यता

सल्यान : कालीमाटी गाउँपालिका–२ को कोछट्टे, टोटके र बारपुरका स्थानीयले खानेपानीका लागि वषौंदेखि सास्ती भोगिरहेका छन्। नजिकैका खानेपानी मुहान सुकेपछि डेढ घण्टा हिँडेर खानेपानी ओसार्नुपर्ने बाध्यता छ।खानेपानीको संकट बढेपछि अड्कलेर पानी प्रयोग गर्नुपर्ने बाध्यता रहेको दिलमाया सुनारले बताइन्। उनले भनिन्, ‘पानीको अभाव झेल्दै पुस्तौं बिताइयो। हाम्रा दुःख कहिल्यै हटेनन्।’ नजिकका खानेपानी मुहान सुकेका र सरकारले गाउँभन्दा टाढाका मुहानबाट पानी ल्याउन योजना सञ्चालन नगर्दा समस्या भइरहेको उन

सम्बन्धित सामग्री

खानेपानी लिन खोलामा

कालीमाटी गाउँपालिका–७ र्‍याङकी ५० वर्षीया दिलसरा पुन बस्तीदेखि आधा घण्टा तलको खोलामा पुगी पानी ल्याउन बाध्य छिन् । उनकी छिमेकी निर्मला ओलीलाई पनि एक गाग्री पानी लिन बिहानै ५ बजेट उठेर गाउँ तलको खोलामा जानुपर्ने बाध्यता छ । ‘पानीकै दुःखमा हाम्रो जुनी बित्ने भयो,’ उनले भनिन्, ‘जतिबेला पनि पानीकै पीर हुन्छ ।’

मोटर बिग्रिएपछि खानेपानी हाहाकार

कुमाख गाउँपालिका–१ स्विकोटकी ४५ वर्षीया कमला बुढा बस्तीदेखि एक घण्टा तलको स्वीकोटखोलामा पुगी पानी ल्याउन बाध्य छिन् । उनकी छिमेकी ४० वर्षीया नन्नकली रोकालाई पनि एक गाग्री पानी लिन बिहानै ५ बजेट उठेर गाउँ तलको खोलामा जानुपर्ने बाध्यता छ । ‘पानीकै दुःखमा हाम्रो जुनी बित्ने भयो,’ उनले भनिन्, ‘जतिबेला पनि पानीकै पीर हुन्छ ।’

खानेपानी आयोजना निर्माणपछि स्थानीय खुसी - Naya Patrika

जाजरकोट नलगाड नगरपालिका–११ बानियाँ गाउँ र दम्कागाउँमा खानेपानी आयोजना निर्माणपछि स्थानीयले ठूलो राहत पाएका छन् । आयोजना निर्माणसंगै महिलालाई पानी ल्याउन १ घण्टा टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ ।...पूरा पढ्नुहोस् »