मोटर बिग्रिएपछि खानेपानी हाहाकार

कुमाख गाउँपालिका–१ स्विकोटकी ४५ वर्षीया कमला बुढा बस्तीदेखि एक घण्टा तलको स्वीकोटखोलामा पुगी पानी ल्याउन बाध्य छिन् । उनकी छिमेकी ४० वर्षीया नन्नकली रोकालाई पनि एक गाग्री पानी लिन बिहानै ५ बजेट उठेर गाउँ तलको खोलामा जानुपर्ने बाध्यता छ । ‘पानीकै दुःखमा हाम्रो जुनी बित्ने भयो,’ उनले भनिन्, ‘जतिबेला पनि पानीकै पीर हुन्छ ।’