हुम्लाको पाम्लाथुङका बासिन्दा खोलाको पानी पिउन बाध्य

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका ७ को पाम्लाथुङमा खानेपानीको गम्भीर समस्या भएको छ। स्थानीय बासिन्दा एक गाग्री पानीका लागि डेढ घण्टा हिँड्नु पर्ने बाध्यतामा छन्। सडकमा रहेको खानेपानी आयोजनाको पाइप गाडीले थिचेपछि स्थानीय बासिन्दा समस्यामा परेका हुन्। धारामा पानी आउन छाडेपछि आफूहरु डेढ घण्टा हिँडेर हेक्पाखोलाबाट पानी ल्याउन बाध्य भएको स्थानीय चन्द्रबहादुर शाहीले बताए । […]