विश्वकप छनोट खेलमा सर्बियासँग हारेपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो मैदानमै रोएका छन् ।
आइतवार राति लिस्बनमा भएको खेलमा एक गोलले पछि परेको सर्बियाले दुई गोल फर्काउँदै पोर्चुगललाई हराएको हो ।
अकल्पनीय हारपछि रोनाल्डो मैदानको कुनामा बसेर आँसु चुहाइरहेको देखिए ।
उता सर्बियाले भने जीतको खुशियाली निकै हल्लाखल्ला गरेर मनाएको थियो । पोर्चुगललाई उसकै गृहमैदानमा हराउनुको स्वाद सर्बियाले मजा मानीमानी लिएको थियो ।
संसारका नम्बर १ टेनिस खेलाडी नोभाक जोकोविचले पनि खेल हेरेर चिच्याई...