रोनाल्डो भर्सेज एमबाप्पे

एजेन्सी। युरो–२०२० मा आज विश्व विजेता फ्रान्स र युरोपियन विजेता पोर्चुगल आमनेसामने हुँदैछन्। यसलाई क्रिष्टियानो रोनाल्डो र काइलियन एमबाप्पेबीचको भिडन्तका रुपमा पनि हेरिएको छ। म्युनिखमा जर्मनीले हंगेरीलाई जित्न दिएन भने पोर्चुगल फ्रान्ससँग हारे पनि नकआउट चरणमा पुग्ने सम्भावना हुन्छ। फ्रान्सले जिते समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनाउनेछ। पोर्चुगल पनि जितेमा समूह विजेता बन्नसक्छ। तर जर्मनीको नतिजाले निर्भर गर्नेछ।

सम्बन्धित सामग्री

बालोन डीअर अवार्डका लागि ३० खेलाडी सर्टलिस्ट, रोनाल्डो परेनन्

काठमाडौं। विश्व फुटबलको प्रतिष्ठित खेलाडी अवार्ड बालोन डीअरका लागि ३० जना खेलाडीलाई सर्टलिस्ट गरिएको छ। उक्त सूचीमा हाल साउदी अरबमा व्यवसायिक फुटबल खेलिरहेका पाँचपटकका पूर्व विजेता क्रिस्टियानो रोनाल्डो भने अटाएका छैनन्। उनी गत सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर अल नासरमा आबद्ध भएका थिए। ३० खेलाडीको सूचीमा लियोनल मेस्सी, केलियन एमबाप्पे, एर्लिङ हालान्डलगायत खेलाडी छन्। […]

पेले पछ्याउँदै एमबाप्पे

११ मंसिर, काठमाडौं । कतारमा भइरहेको विश्वकपमा क्रिस्टियानो रोनाल्डो, लिओनल मेसी, किलिएन एमबाप्पे जस्ता स्टार खेलाडीले कीर्तिमान बनाइरहेका छन् । सम्भवतः आफ्नो अन्तिम विश्वकप खेलिरहेका रोनाल्डो र मेसीले पाँच विश्वकप खेल्ने कीर्तिमान बराबरी गरिसके । यस्तै ३७ वर्षीय रोनाल्डोले पाँच विश्वकपमा गोल गर्ने र ३५ वर्षीय मेसी पाँच विश्वकपमा असिस्ट गर्ने पहिलो खेलाडीको कीर्तिमान पनि […]

'प्लेयर अफ दि इयर' को मनोनयन सार्वजनिक, मेस्सी र रोनाल्डो शीर्ष १५ मा परेनन्

यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार मनोनयन सार्वजनिक गरेको हो ।पुरुषको प्लेयर अफ दि इयर मनोनयन तर्फको शीर्ष तीनमा रियल मड्रिडका करिम बेन्जिमा, म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवा रहेका छन् । चर्चित खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मनोनयन सूचीको शीर्ष १५ मा अटाएका छैनन् ।शीर्ष १५ मा रोबर्टो लेवान्डोस्की, लुका मोड्रिच, साडियो माने, मोहमद सलाह, केलियन एमबाप्पे, भिनिसियस जु

फिफा वर्ष खेलाडीको लागि ३ खेलाडी सर्टलिस्ट, रोनाल्डो परेनन्

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले हरेक वर्ष प्रदान गर्ने वर्ष खेलाडी ‘द बेस्ट फिफा अवार्ड’को अन्तिम ३ को मनोनयन सार्वजनिक गरेको छ । प्रारम्भिक मनोनयनमा ११ जना परेकोमा फिफाले ति मध्येबाट ३ जनाको नाम सर्ट लिस्ट गरेर सार्वजनिक गरेको हो । अन्तिम ३ मा पुरुषतर्फ गतवर्षको विजेता बायाँन म्युनिकका रोबर्ट लेवान्डोस्की, अर्जेन्टिनी स्टार तथा पीएसजीका स्ट्राइकर लिओनल मेस्सी र लिभरपुलका मोहम्मद सलाह परेका छन् । मनोनयनमा परेका लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा, केभिन डे ब्रुएन, एर्लिङ हालाण्ड, जर्गिन्हो, एङ्गोलो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहम्मद सलाहबाट अन्तिम ३ छनौट गरिएको हो ।अब यी ३ बाट फिफाले १ जनालाई अवार्ड प्रदान गर्ने छ । विश्वभरका राष्ट्रिय टिमका कोच र कप्तानले विजेत छान्न भोट गर्ने छन् । सोहि भोटको आधारमा विजेत छनौट हुने छन् । फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ ।

हालान्डमाथि एमबाप्पे हावी

एजेन्सी – विश्व फुटबलमा अहिले लिओन मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट भन्ने बहस बारम्बार चल्ने गरेको छ । झन्डै दुई दशकदेखि विश्व फुटबलमा मेस्सी र रोनाल्डो सक्रिय छन् । राष्ट्रिय टोली र क्लबबाट गरेको प्रदर्शन र तथ्याङ्क हेर्दा दुवै खेलाडी सफल रहँदै आएका छन् । अझै केहि वर्ष उनीहरुले विश्व फुटबलमा राज गर्ने सम्भावना देखिन्छ […]

एमबाप्पे र हाल्यान्डमध्ये को उत्कृष्ट ? हेर्नुस् तथ्याङ्कमा

पछिल्ला दुई दशक रोनाल्डो र मेस्सीको चर्चा धेरै भयो । अब यी दुबै स्टार खेलाडीहरु आफ्नो करियरको उत्तरार्द्धमा छन् । मेस्सी ३४ र रोनाल्डो ३६ वर्ष भइसकेका छन् । त्यसैले , कालियन एमबाप्पे तथा इर्लिङ हाल्यान्ड अबको स्टार बन्नसक्ने धेरैको अनुमान छ  ।मेस्सी र रोनाल्डोमध्ये को सर्वोत्कृष्ट ? यसबारे धेरै चर्चा भयो । भविष्यमा, एमबाप्पे र हाल्यान्डमध्ये को सर्वोत्कृष्ट ? भनेर पनि चर्चा हुनसक्छ । यी दुबै युवा खेलाडीको प्रदर्शन बेजोड छ । २०२०/२१ को सिजन एमबाप्पेले पेरिस सेन्ट जर्माइनका लागि ४२

रोनाल्डो ल्याउने पिएसजीको तयारी

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनाका कप्तान लिओनेल मेस्सीलाई क्लबमा अनुबन्ध गर्दै विश्व फुटबलकै सशक्त टोलीका रुपमा आफूलाई स्थापित गरेको छ । तर पिएसजीले यतिमै रोकिने संकेत भने दिएको छैन । मेस्सीको आगमनसँगै टोलीको आक्रमण विश्वकै उत्कृष्ट बनेकोमा दुइमत छैन । फ्रान्सेली राष्ट्रिय टोलीका युवा फरवार्ड किलियन एमबाप्पे र ब्राजिलका सुपरस्टार […]

रोनाल्डो मेरो हिरो थिए, अब होइनन् : एमबाप्पे

पुस १३ – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्ट्राइकर केलियन एमबाप्पेले क्रिष्टियानो रोनाल्डो अब आफ्नो हिरो नरहेको बताएका...