रोकिएन 'रोनाल्डो' बहस

विश्वकप फुटबलको नकआउट चरणमा पोर्चुगलले आफ्ना स्टार खेलाडी क्रिश्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि शुरु भएको 'रोनाल्डो बहस' रोकिएको छैन। अन्तिम १६ को खेलमा रोनाल्डोलाई बेन्चमा राखेका फर्नान्डो सान्तोषले स्वीजरल्यान्डविरुद्ध गोल वर्षा गरे तर उनको त्यही रणनीति मोरक्कोविरुद्ध भने काम नगर्दा अहिले सान्तोष विश्वभरका रोनाल्डो समर्थकको तारो बनेका छन्।उनले मोरक्कोविरुद्ध पहिलो हाफमा रोनाल्डोलाई बेन्चमा राखे। पहिलो हाफमा नै मोरक्कोले अग्रता बनायो। त्यही अग्रता नै पोर्चुगल हराउन पर्याप्त