नोबेल मेडिकल कलेज बिएस्सी नर्सिङका सबै विद्यार्थी उत्तीर्ण

काठमाडौं : विराटनगरस्थित नोवेल मेडिकल कलेजले बिएस्सी नर्सिङ चौथो वर्षमा सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ। चिकित्सा शिक्षामा अब्बल मानिँदै आएको नोबेलले यस वर्ष बिएस्सी नर्सिङ चौथो वर्षमा शत प्रतिशत नतिजा ल्याउन सफल भएको कलेजका शैक्षिक कार्यक्रम संयोजक डिल्लीराम निरौलाले जानकारी दिए।नर्सिङ चौथो वर्षमा २० जना विद्यार्थी अध्ययनरत थिए। गत महिना प्रकाशित नतिजामा पनि नोबेलले बिडिएस प्रथम र दोस्रो वर्षमा सत प्रतिशत नतिजा ल्याएको थियो।नोबेलमा डिएम एमसिएच, एम्डी, एमएस, एमबिबिएस, बिडि

सम्बन्धित सामग्री

नोबेल मेडिकल र विद्यार्थीबीच कुरा मिल्यो, चारमहिना पछि पढाईमा फर्कदै विद्यार्थी

विराटनगर,३ चैत । कलेज प्रशासनसँग सहमति गरेसँगै नोबेल मेडिकल कलेज विराटनगरका १० विद्यार्थी अध्ययनमा फर्किएका छन् । चार महिनादेखि आन्दोलनमा रहेका विद्यार्थीहरु मध्ये १० जना विद्यार्थीहरुलाई छुट्टै कक्षा सञ्चालन गर्ने विषयमा बुधबार छलफल भएपछि उनीहरु पढ्न तयार भएका हुन् । कलेज प्रशासनले अतिरिक्त शुल्क माग गरेको भन्दै विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । […]

नोबेल मेडिकल कलेजका १० जना विद्यार्थी पुन: आन्दोलनमा

विराटनगर । नोबेल मेडिकल कलेजको एमबिबिएस प्रथम वर्षका १० विद्यार्थी पुन: आन्दोलनमा उत्रिएका छन् । कलेज स्थानान्तरणको माग सम्बोधन नभएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएको बताएका छन् । बिहीबार विद्यार्थीहरूले माइतीघरमा रिले अनसन गरे। आन्दोलनरत विद्यार्थीले भने, ‘नोबेलमा जान हामीलाई थ्रेट छ । स्थानान्तरणको माग सम्बोधन नभएपछि पुनस् आन्दोलनमा छौं ।’ नोबेल मेडिकल कलेज प्रशासनले लिने अतिरिक्त […]

प्रदेश १ : नोबेलको विद्यार्थी आन्दोलन सम्बोधन गर्न समिति गठन

विराटनगर : नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा शुल्कलगायत विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश १ सरकारले अध्ययन समिति बनाएको छ।मुख्यमन्त्री राजेन्द्रकुमार राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले समिति गठन गरेको हो। कलेजमा विगत केही सातादेखि शुल्क वृद्धिलगायत विषयमा विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आएका छन्।मन्त्रालयका अस्पताल शाखा तथा चिकित्सक महाशाखा प्रमुख सागर प्रसाईंको संयोजकत्वमा गठित समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून उपसचिव सदस्य रहेका छन्। उ

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।  नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको छ । यसअघि प्रति विद्यार्थी मासिक १२ हजार लिइदै आएको होस्टेल शुल्क घटाएर अब कलेज प्रशासनले १० हजारमा झार्ने भएको छ । यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले पनि त्यसमा लचकता देखाएर होस्टलमै विद्...

आन्दोलनरत पक्षसँग सहमति भयो : नोबेल मेडिकल कलेज

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको कलेजले जनाएको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेको कलेजले जनाएको हो ।छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको कलेजको भनाइ छ। दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको बताइएको छ । यसअघि प्रति विद्यार्थी मासिक १२ हजार लिइदै आएको होस्टेल शुल्क घटाएर अब कलेज प्रशासनले १० हजारमा झार्ने भएको छ । यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले

नोबेल मेडिकल कलेजअगाडि टायर बालेर विद्यार्थीको प्रदर्शन

२७ पुस, विराटनगर। एमबीबीएसको अतिरिक्त शुल्क नलिन माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनले नोबेल मेडिकल कलेज अगाडि टायर बालेर प्रदर्शन गरेका छन्। आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले मंगलबार टायर बालेर प्रदर्शन गरेका हुन् । यसअघि विद्यार्थीहरुले नोबेल मेडिकल कलेजमा तोडफोड गरेका थिए । प्रदर्शनपछि विद्यार्थी संगठनका नेताहरुले अतिरिक्त शुल्क मिनाहा […]

नोबेल मेडिकल कलेज फेरि तनावग्रस्त

विराटनगर : नोबेल मेडिकल कलेज फेरि तनावग्रस्त भएको छ।अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरु भएपछि आइतबार नोबेल मेडिकल कलेज विराटनगरमा तनाव सिर्जना भएको हो।अहिले नोबेलमा विद्यार्थीले तोडफोड गरेका छन् भने केही विद्यार्थीहरू घाइतेसमेत भएका छन्।विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमति विपरीत नोबेलले कक्षा चलाएपछि एमबीबीएस प्रथम वर्षका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। उनीहरूलाई साथ दिन पुगेका विद्यार्थी संगठनका नेताहरूले नोबेलमा तोड

नोबेल मेडिकल कलेजका विद्यार्थी आन्दोलन गर्दै सडकमा (तस्वीरसहित)

विराटनगर : नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले एमबिबिएस अध्ययनरत विद्यार्थीलाई अतिरिक्त शुल्क बुझाउन दिएको दबाबविरुद्ध विराटनगरमा विभिन्न विद्यार्थी संगठनसहित कलेजका विद्यार्थीले फेरि आन्दोलन गरेका छन्।कलेजले मनोमानी ढंगबाट असुल्दै आएको शुल्क फिर्ता हुनुपर्ने माग राख्दै सो कलेजमा अध्ययनरत विद्यार्थीका साथै विभिन्न विद्यार्थी संगठनले आज (शुक्रबार) आन्दोलन गरेका हुन्।विद्यार्थीको आन्दोलनका कारण केही समय सवारी आवागमन अवरुद्ध भएको थियो।नोबेल मेडिकल कलेजले एमबिबिएस अध्ययनरत विद्यार्थीसँ