नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
नोबेल मेडिकल कलेजमा भएको छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको हो । दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार भएको छ । यसअघि प्रति विद्यार्थी मासिक १२ हजार लिइदै आएको होस्टेल शुल्क घटाएर अब कलेज प्रशासनले १० हजारमा झार्ने भएको छ । यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले पनि त्यसमा लचकता देखाएर होस्टलमै विद्...