अपर तामाकोशीले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्न पायो स्वीकृति

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई शत प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरेको छ । आयोगको फागुन १६ गते बसकेको सञ्चालक समितिको बैठकले अपर तामाकोशीलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिने निर्णय गरेको हो । कम्पनीको भदौ ३ गते शुक्रवार सम्पन्न १४औं वार्षिक साधारण सभाले समेत शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरिसके छ । अब नेपाल धितोपत्र बोर्डसँग अनुमतिको प्रक्रिया अघि बढ्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ । जलविद्युत कम्पनीहरूलाई कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरेपनि यस कम्पनीले भने हकप्रद शेयर विक्रीबाट प्राप्त रकम कम्पनीका सहायक जलविद्युत् आयोजनाहरु रोल्वालिङ खोला जलविद्युत् र तामाकोशी–५ जलविद्युत् आयोजना निर्माणमा लगानी हुने जानकारी कम्पनीले दिएको छ । यो कम्पनी अझै नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी रू. ८२ करोड ४८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको हो । गत वर्ष यस अवधिसम्म रू. ३३ करोड ५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको यस वर्ष वित्तीय खर्च बढ्दा खुद नोक्सानी बढेको हो । गत वर्ष रू. २ अर्ब २० करोडभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष रू. ३ अर्ब ६४ करोडभन्दा बढी भएको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले विद्युत् विक्रीबाट ३६ दशमलव ७१ प्रतिशत बढी रू. ४ अर्ब ९८ करोडभन्दा बढी आम्दानी गरेको छ । 

सम्बन्धित सामग्री

सिनर्जी पावरले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट पायो अनुमति

काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले कम्पनीलाई २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न असार २० गते अनुमति दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. ८० करोड ६५ लाख छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात पूँजी रू. १ अर्ब २० करोडभन्दा बढी पुग्नेछ ।

नेशनल हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट  स्वीकृत पायो

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । कम्पनीले १० बराबर शून्य ५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न जेठ २२ गते स्वीकृती पाएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । स्वीकृती पाएसँगै कम्पनीले ८२ लाख २१ हजार ४५९ दशमलव ७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६४ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४६ करोड पुग्नेछ ।

अपि पावरले हकप्रद शेयर निष्कासन गर्ने, विद्युत नियमन आयोगबाट स्वीकृती पायो

काठमाडौं । विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृती प्रदान गरेको छ । कम्पनीलाई बोनस शेयर वितरण पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न माघ १२ गतेको पत्र मार्फत स्वीकृती प्रदान गरेको हो ।  अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गराउनुपर्नेछ । दोस्रो चरणमा भने धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग पनि स्वीकृति लिनुपर्नेछ ।  यी सबै प्रक्रिया पूरा गरेर शेयरधनीहरूमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको छ । प्रस्तावित ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोडभन्दा माथि पुग्नेछ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

समृद्धि फाइनान्सले २७ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न पायो अनुमति

समृद्धि फाइनान्सले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बिहीबार नेपाल धितोपत्र बोर्डबाट फाइनान्सले २:१ को अनुपातमा हकप्रद निष्कासन अनुमति पाएको छ ।

१ : १ अनुपातमा राइट शेयर निष्कासन गर्न एचआईडीसीएलले पायो अनुमति

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले राइट शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले १:१ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको हो । हकप्रद शेयर निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । अब एचआईडीसीएलका लगानीकर्ताले आफूसँग भएकै जति कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले खरिद गर्न पाउने छन् ।