नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

मंसिर ३, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि मंसिर ३ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो । अनुमति पाएसँगै अब कम्पनीले रू. १०० अंकित दरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  कम्पनीले गत माघ १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १ : १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाएकोमा राष्ट्र बैंकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति दिएको थियो ।   विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १३ करोड १२ लाख ३३ हजार रहेको छ ।  शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको  पूँजी रू. २६ करोड २४ लाख ६७ हजार पुग्नेछ । 

सम्बन्धित सामग्री

नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न चैत ६ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ५० लाख ३० हजार ८०१ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  नेपाल बिमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब १ करोड भन्दा बढी रहेको छ । २५ प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू.२ अर्ब ५१ करोड पुग्नेछ ।

नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । नेको इन्सुरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न चैत ६ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ५० लाख ३० हजार ८०१ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।  नेपाल बिमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब १ करोड भन्दा बढी रहेको छ । २५ प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू.२ अर्ब ५१ करोड पुग्नेछ ।

माथिल्लो तामाकोसी जलविद्युतले हकप्रद शेयर निष्कासन गर्दै

काठमाडौँ– माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले भदौ महिनाको दोस्रो साता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोजनाले रोल्वालिङ डाइभर्सन निर्माणका लागि थप पुँजी सङ्कलन गर्न शेयर धनीहरूलाई १ः१ का दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । आयोजनाले दोलखामा स्थानीय सरोकारवालाहरूसँग छलफल समेत गरेको छ । दोलखाको बिगु गाउँपालिका–१ लामा बगर स्थित कम्पनीले […]

अपि पावरले १ करोड ६५ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने

अपि पावर कम्पनीले शेयरधनीहरूलाई लक्षित गर्दै हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत अर्थात् १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

अपर तामाकोसीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाण्डौ – अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हाइड्रोपावरको चौधौँ वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।  शुक्रवार काठमाण्डौमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ । वार्षिक साधारण सभामा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद शेयरको माध्यमबाट पुँजी वृद्धिक...

अपर तामाकोशीले शतप्रतिशत शेयर निष्कासन गर्ने

अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । शुक्रवार हाइड्रोपावरको चौधौं वार्षिक सधारण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।शुक्रवार काठमाडौंमा भएको वार्षिक सधारण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको छ । वार्षिक सधारण सभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद शेयरको माध्य

अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । शुक्रवार हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । शुक्रवार काठमाडौंमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रश्ताव पास गरेको छ । वार्षिक साधरण सभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक […]

ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

ओम मेगाश्री फर्मास्युटिकल्सको साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ ।

सीवाईसी नेपाल लघुवित्तको शेयर निष्कासन हुने

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको शेयर २ वैशाखमा निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

नारायणी डेभलपमेन्ट बैंकले २ सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

बैंकले हालै धिताेपत्र बोर्डबाट स्वीकृतिप्राप्त शतप्रतिशत (१:१) हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपश्चात् कायम हुने चुक्ता पुँजीको २ सय प्रतिशत अर्थात् १:२ काे अनुपातमा थप हकप्रद शेयर निष्कासन गर्ने भएकाे हाे