अपि पावरले हकप्रद शेयर निष्कासन गर्ने, विद्युत नियमन आयोगबाट स्वीकृती पायो

काठमाडौं । विद्युत नियमन आयोगले अपि पावर कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृती प्रदान गरेको छ । कम्पनीलाई बोनस शेयर वितरण पछि कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न माघ १२ गतेको पत्र मार्फत स्वीकृती प्रदान गरेको हो ।  अब कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गराउनुपर्नेछ । दोस्रो चरणमा भने धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग पनि स्वीकृति लिनुपर्नेछ ।  यी सबै प्रक्रिया पूरा गरेर शेयरधनीहरूमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय कम्पनीले गरेको छ । प्रस्तावित ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोडभन्दा माथि पुग्नेछ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्नेछ ।  

सम्बन्धित सामग्री

दिब्यश्‍वरि हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले शत प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको मङ्सिर २९ गते बसेको सञ्चालक समितिको बैठकले  हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हकप्रद शेयर निष्कासन गर्ने निर्णय भएको जानकारी दिएको छ । साथै हकप्रद शेयर निष्कासन गर्न विद्युत नियमन आयोग बाट सहमति लिइ स्वीकृतीका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय भएको पनि कम्पनीले जानकारी दिएको छ ।

बरुण हाइड्रोपावरले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

पुस ८, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले पुस २९ गते साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर, काठमाडौंमा बिहान १० बजे शुरु गर्ने जानकारी गराएको हो । सभाले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।   कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा आरबिबि मर्चेण्टलाई नियुक्त गरिसकेको छ । हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएर आवश्यक प्रक्रिया पूरा गरेर विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र निष्कासन गर्नेछ ।

हकप्रद निष्काशनको लागि अरुण काबेलीले चयन गर्यो बिक्रि प्रबन्धक

अरुण काबेली पावर Arun Kabeli Power ले हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई हकप्रद निष्काशनको लागि बिक्रि प्रबन्धक नियुक्त गरेको हो । कम्पनीको भाद्र २६ मा सम्पन्न साधारण सभाले १७ प्रतिशत बोनस वितरण गरेपश्चात कायम हुन आउने चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको हकप्रदलाई विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिनु पर्ने छ ।अरुण काबेली पावरले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भई बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बि-१ जलविद्युत आयोजनाको निर्माण पुरा गरी २०७६ साल कार्तिक २३ गते देखि व्यवसायिक उत्पादन गरिरहेको छ।