काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । कम्पनीले १० बराबर शून्य ५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न जेठ २२ गते स्वीकृती पाएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । स्वीकृती पाएसँगै कम्पनीले ८२ लाख २१ हजार ४५९ दशमलव ७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६४ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४६ करोड पुग्नेछ ।