वैशाख ७, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।
कम्पनीले गत फागुन १३ गते सम्पन्न २०औं साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोजको हुँदाको मितिमा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको उक्त बोनस चैत ३० गतेदेखि हितग्राही खातामा जम्मा गरिदिएको बताएको छ ।
त्यस्तै, भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको हकमा शेयर अभौतिकीकरण गराएपश्चात स्वतः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।