तीन ओटा कम्पनीको साधारण सभा स्थगित, कारण के त ?

माघ १४, काठमाडौं । तीन ओटा कम्पनीको साधारण सभा स्थगित भएको छ ।  जोशी हाइड्रोपावर कम्पनी, महालक्ष्मी विकास बैंक र प्रोग्रेशिभ फाइनान्सको साधारण सभा स्थगित भएको हो । जोशी हाइड्रोपावर कम्पनीले माघ ३ गते गर्ने भनेको साधारण सभा शेयरधनीको उपस्थितिको गणापुरक संख्या नपुगेका कारण स्थगित भएको जानकारी गराएको हो । कोरोना भाइरस सक्रमणलाई ध्यान राखी स्थगित साधारण सभा हुने मिति र स्थान समय तोकी पुनः सूचना जारी गर्ने जानकारी दिएको छ ।  त्यसैगरी, प्रोग्रेशिभ फाइनान्स कम्पनीले पुस ३० गतेका लागि तय गरेको गरेको २५औं वार्षिक साधारण सभा बढ्दो कोभिड-१९ को महामारी र साधारण सभा प्रयोजनको लागि स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण कर प्रयोजनको पछि खुद नाफा परिवर्तन हुने सक्ने अवस्था सृजना भएका कारणले गर्दा साधारण सभा अर्को सूचना नभए सम्मका लागि स्थगित भएको जानकारी गराएको छ ।  सोही कारण कम्पनीले लाभांश दर परिमार्जन गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेकोमा परिमार्जन गरी ६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३१५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको आव २०७७/७८ को स्वीकृत अन्तिम लेखापरीक्षण प्रतिवेदनमा कर सम्बन्धी व्यवस्थामा फेरबदल हुने भएकाले स्वीकृत वित्तीय विवरणमा समेत सारभुत असर पर्ने देखिएकाले वित्तीय विवरण पारिमार्जित गरी पुनः पारित गर्ने भएकाले लाभांश दर परिमार्जन भएको हो ।  कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृित पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । त्यसैगरी, महालक्ष्मी विकास बैंकले दुई पटक साधारण सभा स्थगित गरेको हो । कम्पनीले पुस २५ गते आयोजना गरेको साधारण सभामा गणपुरक संख्या नपरेका कारण स्थगित भएको थियो भने पुनः माघ ३ गते गर्ने भनिएको साधारण सभा पनि स्थगित भएको छ ।  कम्पनीको २०औं वार्षिक साधारण सभाका सम्बन्धमा शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले पुस २९ गते बैंक समेतका विरुद्ध उच्च अदालत पाटमा रिट दायर गरेका थिए ।  उक्त रिटका सम्बन्धमा अन्तरिम छलफलका लागि माघ ३ गतेका लागि नै पेशी तोकिएको स्थितिमा वार्षिक साधारण सभा गर्न नसकिने जानकारी बैंकले दिएको छ । अदालतको अर्को आदेश नभएसम्मका लागि सभा स्थगित हुने जानकारी कम्पनीले दिएको छ । यस वर्ष कम्पनीले २० औं सभामार्फत संस्थापक तर्फको तीन जना र सर्वसाधारण तर्फको तीन जना गरी ६ जना सञ्चालक निर्वाचन गराउने कार्यक्रम राखेको थियो ।  सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउने कार्यक्रम थियो ।  साथै कम्पनीले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्र्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ३४ करोड २४ लाख २ हजार रहेको छ ।  यस वर्ष कम्पनीले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो ।  

सम्बन्धित सामग्री

नेशनल हाइड्रोपावरको साधारण सभा तेस्रो पटक स्थगित, यस्तो छ कारण

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले बुधवार आयोजना गरेको २७औं वार्षिक साधारण सभा स्थगित भएको छ । गणपुरक संख्या नपुगेकाले साधारण सभा स्थगित भएको लगानीकर्ता डम्बरु बल्लभ घिमिरेले बताए ।  कम्पनीले यसअघि दुई पटक सभा गर्न खोजे पनि गणपुरक संख्या नपुगेपछि हुन सकेको थिएन ।  कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते सभा बोलाएकाे थियो । बुधवारसँगै तेस्रो पटक कम्पनीको साधारण सभा स्थगित भएको छ ।  बुधवार सभामा लगानीकर्ता र सञ्चालकबीच विवाद भएको थियो । सभामा लगानीकर्ताले कम्पनीले हकप्रद शेयर निष्कासन गरेर आएको लगानीबारे जानकारी नदिइएकाे भन्दै आक्राेश पोखेका थिए । साथै उनीहरूले लगानीकर्तालाई लाभांश नदिइएको भन्दै विरोध पनि जनाएका थिए । कम्पनीले बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट सभा बोलाएको थियो ।

जोशी हाइड्रोपावरको साधारण सभा स्थगित, यस्तो छ कारण

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा स्थगित भएको छ । भदौ ३१ गते काठमाडौंको नक्सालस्थित लिसारा ब्याङ्क्वेट हलमा तय गरिएको साधारण सभा गणपुरक संख्या नपुगेपछि स्थगित भएको हो । वार्षिक साधारण सभाको नयाँ मिति यथाशीघ्र तय गरी शेयरधनीहरूलाई सूचनामार्फत जानकारी गराउने कम्पनीले जानकारी दिएको छ ।

नेफ्टाले डाक्यो साधारण सभा

काठमाडौँ । चलचित्र प्राविधिक संघ (नेफ्टा) ले अगामी ११ चैत्रमा वार्षिक साधारण सभा बोलाएको छ । अध्यक्ष पुस्कर लामाले आइतबार संघको पूर्ण बैठकबाट साधारण सभाको निर्णय गरेका हुन् । संघले साधारण सभा अगाडि सबै सदस्यलाई

एन्फाको विशेष साधारण सभा सुरु

काठमाडौं, १५ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा सुरु भएको छ । यस अघि स्थगित विशेष साधारण सभा सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो । यस अघि फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा प्राविधिक कारण देखाउँदै स्थगित गरिएको थियो । साधारण सभामा निर्वाचनमा केन्द्रित लगायत अन्य बिभिन्न एजेण्डाहरुमा […]

एन्फाको विशेष साधारण सभा सुरु

अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा सुरु भएको छ । सानेपास्थित हेरिटेज गार्डेनमा साधारणसभा जारी रहेको छ ।एन्फाले यसअघि स्थगित गरेको विशेष साधारण आजदेखि सुरु भएको हो । एन्फाले प्राविधिक कारण देखाउँदै फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा स्थगित गरिएको थियो ।साधारण सभामा निर्वाचनमा केन्द्रित एजेन्डाहरूमा छलफल हुने बताइएको छ  । एन्फाका निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ । निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठन, उम्मेदवारको मनोनयन शुल्क निर्धारण र वार्षिक

एन्फाको विशेष साधारण सभा आज

अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज (मंगलबार) बस्दैछ । सानेपास्थित हेरिटेज गार्डेनमा साधारणसभा हुनेछ । एन्फाले यसअघि स्थगित विशेष साधारण आज हुन लागेको हो । एन्फाले प्राविधिक कारण देखाउँदै फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा स्थगित गरिएको थियो ।साधारण सभामा निर्वाचनमा केन्द्रित एजेण्डाहरुमा छलफल हुने बताइएको छ  । एन्फाका निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ । निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठन, उम्मेदवारको मनोनयन शुल्क निर्धारण र वार्षिक कार्यक्

महालक्ष्मी विकास बैंंकको साधारण सभा १३ फागुनमा गरिने

काठमाडौँ – महालक्ष्मी विकास बैंकको बीसौं वार्षिक साधारणसभा फागुन १३ गते गरिने भएको छ। गणपूरक संख्या नपुगेका कारण पुस २५ गते गरिन लागेको उक्त साधारण सभा स्थगन भएको थियो। वार्षिक साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ०७७/७८ को सञ्चित मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने […]

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न सन नेपाल लाइफले बोलायो साधारण सभा

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन २५ गते साधारण सभा बोलाएको छ। आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा बोलाएको जनाइएको छ। इन्स्योरेन्स कम्पनीले आफ्नो कर्पोरेट कार्यालय, कमलादीमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। कोरोना महामारीको कारण साधारण सभा अनलाइनमार्फत गर्ने गरी शेयरधनीहरुलाई मिटिङ्गको आईडी र पासवर्ड उपलब्ध गराउने कम्पनीले बताएको छ।

जनरल इन्स्योरेन्सले फेरि बोलायो साधारण सभा

काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले यही असार २१ गतेका लागि तेस्रो साधारण सभा बोलाएको हो। यसअघि कोभिड–१९ का कारण वैशाख २४ गतेलाई बोलाइएको बैठक स्थगित भएको थियो। केन्द्रीय कार्यालयमा असार २१ गते बिहान ११ बजेबाट साधारण सभा सुरु हुने कम्पनीले बताएको छ।

बेष्ट फाइनान्सद्वारा बैशाख ३१ गते हुने साधारण सभा स्थगित

काठमाडौं, १९ बैशाख । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बैशाख ३१ गते बोलाएको साधारण सभा स्थगित गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै आज उपत्यकामा जारी निषेधाज्ञाको कारण अर्को सुचना नआएसम्मको लागि सभा स्थगित गरेको जानकारी दिएको हो । कम्पनीले सभा प्रयोजनार्थ बैशाख १९ (आज) एकदिन बुक क्लोज गर्ने मिति भने यथावत राखेको जनाएको छ […]