महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा आज, सञ्चालक निर्वाचन कार्यक्रम भने स्थगित

पुस २५, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सञ्चालक निर्वाचनको कार्यक्रम हाललाई स्थगित गरेको छ ।  कम्पनीले पुस २५ गतेका लागि आयोजना गरेको २०औं वार्षिक साधारण सभामार्फत निर्वाचन गर्ने तयारी गरेको ६ जना सञ्चालकहरुको निर्वाचन कार्यक्रम स्थगित गरेको हो  । उक्त  सभाले संस्थापकतर्फको तीन जना र सर्वसाधारण तर्फको तीन जना सञ्चालक निर्वाचनको कार्यक्रम तय गरेको थियो ।  कम्पनीका शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले उच्च अदालत पाटनमा निवेदन दिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले उक्त निवेदन उपर  माघ ३ गते छलफल पेशी तोकिएकाले सो अवधिसम्म निर्वाचनको बाँकी काम कारवाही नगर्ने निर्णय गरिएको बताएको छ । उच्च अदालतको अन्तरिम आदेशलाई पालना गर्दै अर्को निर्णयपछि मात्र निर्वाचनको कार्यक्रम  अघि बढ्ने पनि कम्पनीले बताएको छ । यद्यपि वार्षिक साधारण सभाका अन्य प्रस्ताव भने तोकिएकै अविधिभित्र पारित हुनेछ । कम्पनीले सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ ।  यस वर्ष कम्पनीले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्र्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ३४ करोड २४ लाख २ हजार रहेको छ ।  यस वर्ष कम्पनीले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो । यसअघि आर्थिक वर्ष २०७५/ ७६ को मुनाफाबाट कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ९ दशमलव ८९ प्रतिशत नगद लाभांश गरी कुल १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने कम्पनीले ८ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत गरी कुल ९ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।  

सम्बन्धित सामग्री

फेडेरलको दोस्रो वार्षिक साधारण सभा

काठमाडौं– फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा संस्थापक समुहबाट रिक्त सञ्चालकमा नमिता शर्मालाई नियुक्त गरेको छ । यस्तै सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण, आ.व २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ । सभाले […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सको २९औं वार्षिक साधारण सभा सुरु

काठमाडौं, २९ चैत्र । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा सुरु भएको छ।

एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, पुस ३० । एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । साे सभाले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालकमा केशवप्रसाद लम्साललाई नियुक्त गरेको निर्णय अनुमाेदन गरेकाे छ । एनआईसी एशिया बैंकको २५ औं वार्षिक साधारण सभा २०७९/९/२९ गते शुक्रबारका दिन काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रालिमा सम्पन्न भएको हाे । बैंकको […]

पञ्चशील सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

युनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा

युनाइटेड इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७७/७८ लेखा परीक्षण प्रतिवेदन, ०७८ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारि...

सेञ्चुरी बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा शुक्रबार भौतिक उपस्थिति एवं अनलाइन(जुम)मार्फत एकसाथ सभा सञ्चालन भएको थियो। साधारण सभाले बैंकको चुक्ता पुँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। ०७८ असार मसान्तमा कायम चुक्ता पुँजीमा रु. ९,०३,४४,२९,५०२.५०/मा ५.७५ प्रतिशतले हुन आउने […]

क्यानको वार्षिक साधारण सभा स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानका ६ बोर्ड सदस्यले वार्षिक साधारण सभा रोक्न भन्दै उजुरी दर्ता गरेपछि पुष १४ र १५ गर्ते धनगढीमा हुने तय भएको क्यान साधारण सभा स्थगित भएको हो । बिहीबार बसेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाअध्यक्ष रोशनसिंह, कार्यवाहक सचिव प्रशान्त […]

नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ ।नाडाको केन्द्रीय कार्य समितिको १३ औं बैठकले नाडाको ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन स्थगन गरेको हो ।  कोभिड १९ को संक्रमण दर अझ उच्च हुन भइरहेको अवस्थामा र तेश्रो लहरको जोखिम समेत बढेको भन्दै नाडाले साधारण सभा स्थगन गर्ने निर्णय गरेको जनाएको छ ।