गणपूरक संख्या नपुगेपछि महालक्ष्मी विकास बैंकको साधारण सभा स्थगित, माघ ३ गते पुन : आव्हान

पुस २६, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले पुस २५ गतेका लागि बोलाएको २० औं वार्षिक साधारण सभा स्थगित भएको छ ।  कम्पनीले गणपूरक संख्या नपुगेपछि सभा स्थगित गरिएको जानकारी दिएको हो । स्थगित सभा माघ ३ गतेका लागि पुनः आव्हान गरिएको छ । कम्पनीको पुस २५ गतेनै बसकेको सञ्चालक समितिको बैठकले काठमाडौंको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा सभा बोलाएको छ । सभा भर्चुअल माध्यमबाट हुने जानकारी समेत कम्पनीले गराएको छ ।  कम्पनीले सभाका लागि तय भएको लसञ्चालक निर्वाचनको कार्यक्रम भने  हाललाई स्थगित गरेको छ । कम्पनीले संस्थापक तर्फको तीन जना र सर्वसाधारण तर्फको तीन जना गरी ६ जना सञ्चालक निर्वाचनको कार्यक्रम उच्च अदालत पाटनको अन्तरिम आदेशलाई पालना गर्दै स्थगित गरेको हो । कम्पनीका शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले उच्च अदालत पाटनमा निवेदन दिएको कम्पनीले जानकारी दिएको छ । उक्त निवेदन उपर  माघ ३ गते पेशी तोकिएकाले सो अवधिसम्म निर्वाचनको बाँकी काम कारवाही नगर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ३४ करोड २४ लाख २ हजार रहेको छ ।  यस वर्ष कम्पनीले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको छ । यसअघि आर्थिक वर्ष २०७५/ ७६ को मुनाफाबाट कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ९ दशमलव ८९ प्रतिशत नगद लाभांश गरी कुल १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने कम्पनीले ८ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत गरी कुल ९ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।  

सम्बन्धित सामग्री

दुई पटकसम्म स्थगित भएको महालक्ष्मी विकास बैंकको साधारण सभा फागुन १३ गते हुँदै

फागुन ६, काठमाडौं । दुई पटकसम्म यस अघि स्थगित भएको महालक्ष्मी विकास बैंक लिमिटेडले २०औं वार्षिक साधारण सभा फागुन ११ गते बस्ने भएको छ । कम्पनीको फागुन ५ गतेको सञ्चालन समितिको बैठकले ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । यस अघि यो सभा कम्पनीले पुस २५ गते र माघ ३ गतेका लागि बोलाएको थियो । पुस २५ गते गणपूरक संख्या नपुगेपछि स्थगित सभा माघ ३ गतेका लागि पुनः बोलाइएको सभाका सम्बन्धमा शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले पुस २९ गते बैंक समेतकाविरुद्ध दायर गरेको रिटमा माघ ३ गतेका लागि नै पेशी तोकिएकाले स्थगित भएको थियो । उक्त रिटका सम्बन्धमा उच्च अदालत पाटनबाट जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भन्ने आदेश प्राप्त भएसँगै कम्पनीले सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउने कार्यक्रम रहेको छ । यस वर्ष कम्पनीले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्र्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ३४ करोड २४ लाख २ हजार रहेको छ । उक्त प्रस्तावलाई समेत सभाले अन्तिम रुप दिनेछ । यस वर्ष बैंकले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो । यस अघि आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ९ दशमलव ८९ प्रतिशत नगद लाभांश गरी कुल १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने बैंकले ८ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत गरी कुल ९ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । यी प्रस्तावसँगै सभाले संस्थापक तर्फको तीन जना र सर्वसाधारण तर्फको तीन जना गरी ६ जना सञ्चालक निर्वाचन समेत गराउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले साविककै बुक क्लोज मितिलाई कायम गरेको छ । कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गरेको थियो । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

रोकियो तीन कम्पनीको साधारणसभा

तीन वटा कम्पनीको साधारणसभा स्थगित भएको छ । जोशी हाइड्रोपावर कम्पनी, महालक्ष्मी विकास बैंक र प्रोग्रेशिभ फाइनान्सको साधारणसभा स्थगित भएको हो ।  जोशी हाइड्रोपावरले माघ २ गते, प्रोग्रेशिभ फाइनान्सले पुस २० गते र महालक्ष्मी विकास बैंकले माघ ४ गते गर्ने भनिएको सभारणसभा स्थगित भएको हो । जोशी हाइड्रोपावर र प्रोग्रेशिभ फाइनान्सको साधारण सभा कोभिड १९ को महामारीका कारण स्थगित भएपछि बैंकको भने गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो । आर्थिक अभियान दैनिकमा खबर छ ।

महालक्ष्मी विकास बैंकको माघ ३ गतेका लागि बोलाइएको साधारण सभा पुनः स्थगित

माघ ३, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले दोस्रो पटक २०औं वार्षिक साधारण सभा स्थगित गरेको छ ।  यसअघि पुस २५ गते गणपूरक संख्या नपुगेपछि स्थगित गरी माघ ३ गतेका लागि बोलाइएको सभा पुनः स्थगित भएको हो ।  कम्पनीको २०औं वार्षिक साधारण सभाका सम्बन्धमा शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले पुस २९ गते कम्पनीसमेतका विरुद्ध उच्च अदालत पाटमा रिट दायर गरेका थिए ।  उक्त रिटका सम्बन्धमा अन्तरिम छलफलका लागि माघ ३ गतेका लागिनै पेशी तोकिएको स्थितिमा वार्षिक साधारण सभा गर्न नसकिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले अदालतको अर्को आदेश नभएसम्मका लागि सभा स्थगित हुने जानकारी दिएको छ । यस वर्ष कम्पनीले २० औं सभामार्फत संस्थापकतर्फको तीन जना र सर्वसाधारण तर्फको तीन जना गरी ६ जना सञ्चालक निर्वाचन गराउने कार्यक्रम राखेको थियो । सभाले गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउने कार्यक्रम थियो । यस वर्ष कम्पनीले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ३४ करोड २४ लाख २ हजार रहेको छ ।  यस वर्ष कम्पनीले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको छ । यसअघि आर्थिक वर्ष ०७५/ ७६ को मुनाफाबाट कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ९ दशमलव ८९ प्रतिशत नगद लाभांश गरी कुल १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने कम्पनीले ८ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत गरी कुल ९ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।