महालक्ष्मी विकास बैंकको माघ ३ गतेका लागि बोलाइएको साधारण सभा पुनः स्थगित

माघ ३, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले दोस्रो पटक २०औं वार्षिक साधारण सभा स्थगित गरेको छ ।  यसअघि पुस २५ गते गणपूरक संख्या नपुगेपछि स्थगित गरी माघ ३ गतेका लागि बोलाइएको सभा पुनः स्थगित भएको हो ।  कम्पनीको २०औं वार्षिक साधारण सभाका सम्बन्धमा शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले पुस २९ गते कम्पनीसमेतका विरुद्ध उच्च अदालत पाटमा रिट दायर गरेका थिए ।  उक्त रिटका सम्बन्धमा अन्तरिम छलफलका लागि माघ ३ गतेका लागिनै पेशी तोकिएको स्थितिमा वार्षिक साधारण सभा गर्न नसकिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले अदालतको अर्को आदेश नभएसम्मका लागि सभा स्थगित हुने जानकारी दिएको छ । यस वर्ष कम्पनीले २० औं सभामार्फत संस्थापकतर्फको तीन जना र सर्वसाधारण तर्फको तीन जना गरी ६ जना सञ्चालक निर्वाचन गराउने कार्यक्रम राखेको थियो । सभाले गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउने कार्यक्रम थियो । यस वर्ष कम्पनीले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ३४ करोड २४ लाख २ हजार रहेको छ ।  यस वर्ष कम्पनीले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको छ । यसअघि आर्थिक वर्ष ०७५/ ७६ को मुनाफाबाट कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ९ दशमलव ८९ प्रतिशत नगद लाभांश गरी कुल १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने कम्पनीले ८ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत गरी कुल ९ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो ।   

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकले साधारण सभा भएकै भएको दिनदेखि वितरण गर्‍यो लाभांश

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले यस वर्षको ६ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको छ । बैंकले पुस २८ गते २२औं वार्षिक साधारण सभा सम्पन्न गरी उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । करसमेत रहेको उक्त लाभांश पुस २८ गतेदेखि नै जम्मा गर्न थालिएको जानकारी कम्पनीले दिएको छ ।  नगद लाभांश सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेख बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि आफ्नो बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई यथाशीघ्र गराउन कम्पनीले भनेको छ ।  कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । आफ्नो नगद लाभांश प्राप्त नगरेका सदस्यले शेयर रजिष्ट्रारको कार्यालयमा सम्पर्क राख्न सक्नेछन् । कम्पनीले यस वर्ष गत वर्षभन्दा कम लाभांश वितरण गरेको हो ।  गत वर्ष ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ६ दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले यस वर्ष नगद लाभांशमा जोड दिएको हो । यस वर्षको लाभांशका लागि बैंकले पुस १९ गते बुक क्लोज गरेको थियो । यसर्थ पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गरेका छन् ।

महालक्ष्मी विकास बैंंकको १०.४७ प्रतिशत लाभांश पारित

महालक्ष्मी विकास बैंक लिमिटेडकोे २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार लैनचौरस्थित लैनचौर ब्याङ्केटमा भएको साधारण सभाले आ.व. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । बैंकको...

महालक्ष्मी विकास बैंकद्वारा शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा

वैशाख ७, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ ।  कम्पनीले गत फागुन १३ गते सम्पन्न २०औं साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोजको हुँदाको मितिमा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको उक्त बोनस चैत ३० गतेदेखि हितग्राही खातामा जम्मा गरिदिएको बताएको छ ।  त्यस्तै, भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको हकमा शेयर अभौतिकीकरण गराएपश्चात स्वतः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।  कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

महालक्ष्मी विकास बैंकको २०औं साधारण सभा सम्पन्न, २१ प्रतिशत लाभांश पारित

१३ फागुन, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २०औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सम्पन्न साधरण सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत […]

दुई पटकसम्म स्थगित भएको महालक्ष्मी विकास बैंकको साधारण सभा फागुन १३ गते हुँदै

फागुन ६, काठमाडौं । दुई पटकसम्म यस अघि स्थगित भएको महालक्ष्मी विकास बैंक लिमिटेडले २०औं वार्षिक साधारण सभा फागुन ११ गते बस्ने भएको छ । कम्पनीको फागुन ५ गतेको सञ्चालन समितिको बैठकले ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । यस अघि यो सभा कम्पनीले पुस २५ गते र माघ ३ गतेका लागि बोलाएको थियो । पुस २५ गते गणपूरक संख्या नपुगेपछि स्थगित सभा माघ ३ गतेका लागि पुनः बोलाइएको सभाका सम्बन्धमा शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले पुस २९ गते बैंक समेतकाविरुद्ध दायर गरेको रिटमा माघ ३ गतेका लागि नै पेशी तोकिएकाले स्थगित भएको थियो । उक्त रिटका सम्बन्धमा उच्च अदालत पाटनबाट जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भन्ने आदेश प्राप्त भएसँगै कम्पनीले सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउने कार्यक्रम रहेको छ । यस वर्ष कम्पनीले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्र्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ३४ करोड २४ लाख २ हजार रहेको छ । उक्त प्रस्तावलाई समेत सभाले अन्तिम रुप दिनेछ । यस वर्ष बैंकले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो । यस अघि आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ९ दशमलव ८९ प्रतिशत नगद लाभांश गरी कुल १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने बैंकले ८ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत गरी कुल ९ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । यी प्रस्तावसँगै सभाले संस्थापक तर्फको तीन जना र सर्वसाधारण तर्फको तीन जना गरी ६ जना सञ्चालक निर्वाचन समेत गराउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले साविककै बुक क्लोज मितिलाई कायम गरेको छ । कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गरेको थियो । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

रोकियो तीन कम्पनीको साधारणसभा

तीन वटा कम्पनीको साधारणसभा स्थगित भएको छ । जोशी हाइड्रोपावर कम्पनी, महालक्ष्मी विकास बैंक र प्रोग्रेशिभ फाइनान्सको साधारणसभा स्थगित भएको हो ।  जोशी हाइड्रोपावरले माघ २ गते, प्रोग्रेशिभ फाइनान्सले पुस २० गते र महालक्ष्मी विकास बैंकले माघ ४ गते गर्ने भनिएको सभारणसभा स्थगित भएको हो । जोशी हाइड्रोपावर र प्रोग्रेशिभ फाइनान्सको साधारण सभा कोभिड १९ को महामारीका कारण स्थगित भएपछि बैंकको भने गणपूरक संख्या नपुगेपछि स्थगित भएको हो । आर्थिक अभियान दैनिकमा खबर छ ।

तीन ओटा कम्पनीको साधारण सभा स्थगित, कारण के त ?

माघ १४, काठमाडौं । तीन ओटा कम्पनीको साधारण सभा स्थगित भएको छ ।  जोशी हाइड्रोपावर कम्पनी, महालक्ष्मी विकास बैंक र प्रोग्रेशिभ फाइनान्सको साधारण सभा स्थगित भएको हो । जोशी हाइड्रोपावर कम्पनीले माघ ३ गते गर्ने भनेको साधारण सभा शेयरधनीको उपस्थितिको गणापुरक संख्या नपुगेका कारण स्थगित भएको जानकारी गराएको हो । कोरोना भाइरस सक्रमणलाई ध्यान राखी स्थगित साधारण सभा हुने मिति र स्थान समय तोकी पुनः सूचना जारी गर्ने जानकारी दिएको छ ।  त्यसैगरी, प्रोग्रेशिभ फाइनान्स कम्पनीले पुस ३० गतेका लागि तय गरेको गरेको २५औं वार्षिक साधारण सभा बढ्दो कोभिड-१९ को महामारी र साधारण सभा प्रयोजनको लागि स्वीकृत प्राप्त वित्तीय विवरणमा कर सम्बन्धी प्रावधानमा केही फेरबदलका कारण कर प्रयोजनको पछि खुद नाफा परिवर्तन हुने सक्ने अवस्था सृजना भएका कारणले गर्दा साधारण सभा अर्को सूचना नभए सम्मका लागि स्थगित भएको जानकारी गराएको छ ।  सोही कारण कम्पनीले लाभांश दर परिमार्जन गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेकोमा परिमार्जन गरी ६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३१५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको आव २०७७/७८ को स्वीकृत अन्तिम लेखापरीक्षण प्रतिवेदनमा कर सम्बन्धी व्यवस्थामा फेरबदल हुने भएकाले स्वीकृत वित्तीय विवरणमा समेत सारभुत असर पर्ने देखिएकाले वित्तीय विवरण पारिमार्जित गरी पुनः पारित गर्ने भएकाले लाभांश दर परिमार्जन भएको हो ।  कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृित पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । त्यसैगरी, महालक्ष्मी विकास बैंकले दुई पटक साधारण सभा स्थगित गरेको हो । कम्पनीले पुस २५ गते आयोजना गरेको साधारण सभामा गणपुरक संख्या नपरेका कारण स्थगित भएको थियो भने पुनः माघ ३ गते गर्ने भनिएको साधारण सभा पनि स्थगित भएको छ ।  कम्पनीको २०औं वार्षिक साधारण सभाका सम्बन्धमा शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले पुस २९ गते बैंक समेतका विरुद्ध उच्च अदालत पाटमा रिट दायर गरेका थिए ।  उक्त रिटका सम्बन्धमा अन्तरिम छलफलका लागि माघ ३ गतेका लागि नै पेशी तोकिएको स्थितिमा वार्षिक साधारण सभा गर्न नसकिने जानकारी बैंकले दिएको छ । अदालतको अर्को आदेश नभएसम्मका लागि सभा स्थगित हुने जानकारी कम्पनीले दिएको छ । यस वर्ष कम्पनीले २० औं सभामार्फत संस्थापक तर्फको तीन जना र सर्वसाधारण तर्फको तीन जना गरी ६ जना सञ्चालक निर्वाचन गराउने कार्यक्रम राखेको थियो ।  सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउने कार्यक्रम थियो ।  साथै कम्पनीले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्र्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ३४ करोड २४ लाख २ हजार रहेको छ ।  यस वर्ष कम्पनीले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो ।

तीन कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडले पौष १३ गते देखि २५ गते सम्म, महालक्ष्मी विकास बैंक लिमिटेडले पौष १३ गते र नेपाल हाइड्रो डेभलोपर लिमिटेडले पौष १३ देखि २८ गते सम्म साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द गर्दैछन्। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरुले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्। निर्धन उत्थान लघुवित्तले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१ अर्ब ६९ करोड ५० लाखको २९.५% ले हुने रु.५० करोड २५ ह...