दुई पटकसम्म स्थगित भएको महालक्ष्मी विकास बैंकको साधारण सभा फागुन १३ गते हुँदै

फागुन ६, काठमाडौं । दुई पटकसम्म यस अघि स्थगित भएको महालक्ष्मी विकास बैंक लिमिटेडले २०औं वार्षिक साधारण सभा फागुन ११ गते बस्ने भएको छ । कम्पनीको फागुन ५ गतेको सञ्चालन समितिको बैठकले ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । यस अघि यो सभा कम्पनीले पुस २५ गते र माघ ३ गतेका लागि बोलाएको थियो । पुस २५ गते गणपूरक संख्या नपुगेपछि स्थगित सभा माघ ३ गतेका लागि पुनः बोलाइएको सभाका सम्बन्धमा शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले पुस २९ गते बैंक समेतकाविरुद्ध दायर गरेको रिटमा माघ ३ गतेका लागि नै पेशी तोकिएकाले स्थगित भएको थियो । उक्त रिटका सम्बन्धमा उच्च अदालत पाटनबाट जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भन्ने आदेश प्राप्त भएसँगै कम्पनीले सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउने कार्यक्रम रहेको छ । यस वर्ष कम्पनीले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर १२ गतेको सञ्चालन समितिको बैठकले हाल कायम चुुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्र्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ३४ करोड २४ लाख २ हजार रहेको छ । उक्त प्रस्तावलाई समेत सभाले अन्तिम रुप दिनेछ । यस वर्ष बैंकले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको हो । यस अघि आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ९ दशमलव ८९ प्रतिशत नगद लाभांश गरी कुल १७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्ष भने बैंकले ८ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत गरी कुल ९ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । यी प्रस्तावसँगै सभाले संस्थापक तर्फको तीन जना र सर्वसाधारण तर्फको तीन जना गरी ६ जना सञ्चालक निर्वाचन समेत गराउनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले साविककै बुक क्लोज मितिलाई कायम गरेको छ । कम्पनीले पुस १३ गते एक दिन बुक क्लोज गरेको थियो । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंक सम्मानित

काठमाडौं– महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ । कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम संख्यामा तालिम उपलब्ध गराएसँगै बैंकिङ फाइनान्स एण्ड इन्स्युरेन्स इन्टिच्युट अफ नेपालले अवार्ड प्रदान गरेको हो । बैंकले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो । साउन २९ गते राजधानीमा सम्पन्न एक कार्यक्रमका बीच बैंकलाई उक्त […]

महालक्ष्मी विकास बैंक २९ औं वर्षमा प्रवेश

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड २९ औं वर्षमा प्रवेश गरेको छ । ७ जेठमा २९ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले देशभरका १०३ वटा शाखाहरुमार्फत विविध कार्यक्रम आयोजना गरेको जनाएको छ । रक्तदान कार्यक्रम, वित्तीय साक्षरता लगायतका विविध कार्यक्रम आयोजना गरेको छ । बैंकले देशभरका शाखाहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई […]

महालक्ष्मी विकास बैंक र कलेजहरुबिच साझेदारीपत्रमा हस्ताक्षर

महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ। हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित...

महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सहकार्य

काठमाडौँ–महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकार प्रा. लि.बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर सेदी बगर लेसाइड पोखरा देखि सराङ्कोट पोखरासम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारसँग सम्झौता गरेको हो। उक्त सम्झौतापश्चात यस बैंकको डेबिटकार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी […]

महालक्ष्मी विकास बैंक २८औं वर्षमा प्रवेश

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड २८ औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ । हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ भने ३३ वटा शाखाहरुबाट रक्तदान कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । बैंकले काठमाडौं उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीहरुको सहभागितामा […]

महालक्ष्मी विकास बैंक र भिआइपी क्लब एन्ड लाउन्जबीच छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र भिआइपी क्लब एन्ड लाउन्ज बार प्रालिबीच सहकार्य गर्ने समझदारी भएको छ।...

महालक्ष्मी विकास बैंक र सम्यकबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायग्नोस्टिक प्रालिसँग सम्झौता गरेको छ । बैंकका ग्राहकले सम्यक डायग्नोस्टिकको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत छुट पाउने सम्झौता...

महालक्ष्मी विकास बैंक र सम्यक् डायग्नोस्टिकबीच सम्झौता

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक् डायगनोस्टिक प्रालिसँग सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार ग्राहकले सम्यक् डायगनोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन्। देशका १०३ वटा शाखाबाट बंैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न […]

महालक्ष्मी विकास बैंक र होटल शम्बलाबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडको महाराजगन्ज शाखाको अगुवाइमा होटल शम्बला प्रालिसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले होटलका विभिन्न सेवा शुल्कमा छुट पाउनेछन्।...

महालक्ष्मी विकास बैंक र सिद्धार्थनगर सिटी हस्पिटलबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरूलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटलसँग छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकलाई उपचार गराउँदा विभिन्न...