बोनस बन्धक बनाउँदै कम्पनीहरु : साधारण सभाले पारित गरेको ३ महीना बित्दापनि सूचीकृत भएन

जेठ २३, काठमाडौं । कम्पनीहरुले वितरण गर्ने निर्णय गरेको बोनस शेयर लामो समयसम्म वितरण गर्न नसक्दा आफ्नो सम्पत्ति बन्धक बनेको गुनासो लगानीकर्ताहरुले गरेका छन् । गत माघमै वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर हालसम्म पनि आफ्नो हितग्राही खातामा जम्मा नभएको भन्दै लगानीकर्ताहरु दु:खी बनेका हुन् । अहिले मात्र हैन विगतका वर्षहरुदेखिनै बोनस शेयर सूचीकरणमा धेरै जसो कम्पनीहरुले ढिलाई गर्दै आएको गुनासो लगानीकर्ता डम्बरु बल्लब घिमिरेको भनाइ छ । उनले माघ २८ गते पारित भएको नेपाल लाईफको बोनस शेयर हालसम्म प्राप्त हुन नसकेकोमा दुख व्यक्त गरे । अहिले बजार बढीरहेको अवस्थामा कम्पनीहरुले बोनस शेयर बन्धक बनाईदिंदा कारोबार गर्न नपाएको गुनासो उनको छ । दीर्घकालिन लगानीकर्ताहरुले कम्पनीहरुको बोनस शेयरकै लागि लगानी गर्ने भएकाले लामो समय बन्धक नबनाउन उनले सम्बन्धित कम्पनीहरुलाई आग्रह गरेका छन् ।  अर्का शेयरधनी दिपेन्द्र मिश्रले पनि गत फागुनमै वार्षिक साधारण सभाबाट पारित भएका बोनस शेयर तीन महीना वितिसक्दा पनि प्राप्त नभएको जानकारी दिएका छन् । गत फागुन २२ गते वार्षिक साधारण सभाबाट पारित भएको नेरुडे लघुवित्त, फागुन २५ गते पारित भएको निर्धन उत्थान लघुवित्त, चैत ११ गते पारित भएको स्वाबलम्बन लघुवित्त, चैत १३ गते पारित भएको महालक्ष्मी विकास बैंक र चैत २० गते पारित भएको डिप्रोक्स लघुवित्त कम्पनीको बोनस शेयर हालसम्म आफुले प्राप्त नगरको जानकारी मिश्रले दिएका हुन् । उनीसँग भएका यी कम्पनीहरु बाहेक उक्त अवधिका अन्य कम्पनीहरुको बोनस शेयरपनि हालसम्म सूचीकृत नभएको अनुमान मिश्रले गरेका छन् ।  बोनस शेयर वितरण र सूचीकरणका लागि कम्पनी ऐन, २०६३ मा ४५ दिनभित्र र धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा ३० दिनभित्र गरिसक्नुपर्ने व्यवस्था छ । कम्पनी ऐन २०६३ मा लाभांश सम्बन्धी व्यवस्थामा निर्णय भएको पैंतालिस दिनभित्र शेयरधनीहरुलाई वितरण गरिसक्नुपर्ने व्यवस्था छ । यता, धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ मा भने वार्षिक साधारण सभाले पारित गरेको ३० दिनभित्र धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ ।  त्यस्तै, बोनस शेयर निष्काशन निर्देशिका, २०६७ बमोजिम भने वार्षिक साधारण सभाले निर्णय गरेको ३० दिन भित्र अनिवार्यरुपमा बोर्डमा दर्ता गराई धितोपत्र बजारमा सूचिकरणकालागि निवेदन दिनुपर्ने व्यवस्था छ ।  यी उल्लेखित व्यवस्था बमोजिम कम्पनीहरुले बढीमा ४५ दिनभित्र बोनस शेयर सूचीकरण गरिसक्नुपर्ने देखिन्छ । तर सूचीकरणका लागि अवधि तोकिएपनि उक्त अवधिभित्र सूचीकृत नभएमा के गर्ने ? भन्ने स्पष्ट व्यवस्था नभएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबक्ता मुराहरी पराजुली बताउँछन् ।  कुनै पनि व्यक्ति वा संस्थाले अरु कसैको सम्पत्ति आफ्नो बन्धकमा बनाउनु कत्तिको जायज हो ? यो विषमा सम्बन्धित व्यक्ति वा संस्थानै जिम्मेवार बन्नुपर्ने पराजुलीको भनाइ छ । यद्यपी सरकार र नियामक निकायले नियम पालना नगरेमा लाग्ने जरिवाना वा सजायको व्यवस्था पनि गर्नु पर्नेमा पराजुलीको जोड छ ।  माघमै वार्षिक साधारण सभा सम्पन्न गरेको नेपाल लाईफले धितोपत्र बजारकै इतिहासमा पहिलो पटक शेयर खण्डिकरण गर्न लागेकाले सोही प्रकृया बीमा समितिमा विचाराधिन अवस्थामा रहेकाले सूचीकरणमा ढिलाई भएको जानकारी कम्पनीले दिएको छ ।  यो बाहेक लगानीकर्ताहरुले उल्लेख गरेका कम्पनी सहित चैत महीनासम्म वार्षिक साधारण सम्पन्न गरेको दुई दर्जन कम्पनीहरुले हालसम्म बोनस शेयर सूचीकृत गराएका छैनन् । 

सम्बन्धित सामग्री

नबिल बैंकको ३८ औँ साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

नबिल बैंकको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले ३० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्दै आफ्नो वार्षिक साधारण सभा पारित गरेको हो । लाभांश पारित भएसँगै कम्पनीले गत आर्थिक वर्ष

आरम्भ चौतारी लघुवित्तको साधारण सभा आइतबार हुँदै, बोनस कति ?

काठमाडौं, २५ चैत । आइतवार आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्थाको साधारण सभा हुने भएको छ । सभाले २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन […]

नेपाल टेलिकमले बोलायो साधारण सभा, लगानीकर्ताले पाउने भए बोनस

काठमाडौं, २२ चैत । नेपाल टेलिकमले चैत २४ गते (बिहीबार)का लागि साधारण सभा बोलाएको छ । ४० प्रतिशत लाभांश पारित गर्न कम्पनीले चैत २४ गते बिहीबार साधारण सभा बोलाएको हो । सभा प्रयोजनका लागि यसले चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गरेको छ । टेलिकमले २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद […]

हिमालयन जनरल इन्सुरेन्सको साधारण सभा भोली, बोनस कति ?

काठमाडौं, २९ फागुन । हिमालयन जनरल इन्सुरेन्सले लाभाशं प्रस्ताव पारित गर्न फागुन ३० गते (सोमबार) साधारण सभा डाकेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरु हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ६.६५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको […]

नेशनल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बोनस कति ?

काठमाडौं, २८ फागुन । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते (आइतवार) हुँदैछ । सभाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि एक प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७६र७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७र७८ को लागि लेखापरीक्षकको नियुक्ती […]

महालक्ष्मी विकास बैंकको साधारण सभा शुक्रबार बस्ने, बोनस कति ?

काठमाडौं, १२ फागुन । महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा फागुन १३ (शुक्रबार) बस्ने भएको छ । सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । सभाले प्रस्तावित लाभांश पारित गरेपछि वितरण प्रक्रिया सुरु हुनेछ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, […]

सिभिल बैंकले बोलायो साधारण सभा

काठामाडौं, १० पुस । सिभिल बैंकले लाभांश पारित गर्न ११औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते साधारण सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतको दरले हुन आउने ४३ करोड २१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर […]

इन्भेष्टमेण्ट बैंकको साधारण सभा सम्पन्न

काठमाडौं, १७ मंसिर । नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा आज सम्पन्न भएको छ । बैंकको ३५औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट भएको हो । बैंकको सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । १२ दशमलव ६११ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश […]

सानिमा बैंकको साधारण सभा आज, १७ प्रतिशत बोनस पारित हुँदै

सानिमा बैंकको १७औंं वार्षिक साधारण सभा आज (आइतबार) हुँदै छ। बिहान ११ बजे बालुवाटारमा  हुने सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।  सभाले यस बैंक कुनै बैंक तथा वित्तीय संस्थामा प्राप्ति वा मर्जर गर्न आवश्यक भएमा सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएको छ। साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयधरनीदर्ता पुस्तिका कात्तिक ७ गते एक दिन बन्द भइसकेको छ ।