विराटनगर- नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो चयन भएका छन् । आङ्बो नेकपा विभाजनपछि यसअघि पनि माओवादी केन्द्रको संसदीय दलको नेता चयन भएका थिए ।
मंगलबार पार्टी नेतासहित बसेको बैठकले आङ्बोलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य नारायणबहादुर मगरले जानकारी...