माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीद्वारा पदभार ग्रहण

विराटनगर : नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीका पदाधिकारीले पदभार ग्रहण गरेका छन्। विराटनगरस्थित प्रदेश १ को कार्यालयमा आइतबार साँझ एक कार्यक्रम गरी पदाधिकारीले पदभार ग्रहण भएका हुन्।माओवादी केन्द्रका प्रदेश १ इन्चार्ज राम कार्की, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य हिमाल राई र इन्द्रबहादुर आङ्बोले पदाधिकारीलाई पदभार ग्रहण गराएका हुन्।माओवादीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ विजयी भएका थिए। उपाध्यक्षमा मणिकुमार साम्पाङ, देवान चाम्लिङ र शिवकुमार ड