माओवादी केन्द्र प्रदेश १ अध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा

विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन समितिका अनुसार मुक्साहाङ मेन्याङ्बो, हर्कबहादुर नेम्वाङ र कुबेर श्रेष्ठले उम्मेदवारी दिएका हुन्।मेन्याङ्बो वर्षमान पुननिकट हुन्, नेम्वाङ जनार्दन शर्माको टिमका हुन् भने नेम्वाङलाई पूर्वमाओवादी नेता रामबहादुर थापा बादल लाइनको समर्थक हुन्।३ उपाध्यक्षका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको छ।एक सचिवमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।३ सहसचिवमा १४ जना र एक कोषा

सम्बन्धित सामग्री

माओवादी प्रदेश १ अधिवेशन : शर्मा र पुन निकटका नेता चुनावी मैदानमा

विराटनगर– नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको ९ जना पदाधिकारीका लागि २९ जनाको उमेदवारी परको छ । उद्घाटन भएको १२ दिनमा हुन गइरहेको चुनावमा केन्द्रका दुई नेता निकटका प्रदेशका नेताबीच प्रतिस्पर्धा हुन लागेको हो । अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुन निकटका नेता अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका छन् । शर्माका प्रमुख स्वकीय […]

प्रदेश १ मा माओवादी नेतृत्वका लागि बल्ल मतदान

मोरङ- नेकपा (माओवादी केन्द्र) प्रदेश १ को नेतृत्वका लागि मतदान प्रक्रिया सुरु भएको छ। विराटनगरस्थित नेकपा माओवादी केन्द्रको प्रदेश कार्यालयमा बुधबार राति मतदान कार्य जारी रहेको छ। ९ पदाधिकारीका लागि जारी मतदानमा प्रदेश अध्यक्षका लागि सुनसरी धरानका मुक्साहाङ मेयान्ङ्बो र पाँचथरका हर्कबहादुर नेम्वाङ मिक्सोको उम्मेदवारी परेको छ। निर्वाचन समितिका सदस्य पशुपति नेपालका अनुसार साढे १० […]

माओवादीको प्रदेश-१ अध्यक्षमा डाँगी र लावतीले छाडेनन् दावी

नेकपा माओवादी केन्द्र प्रदेश १ को पदाधिकारी छनोट अझै टुंगो लागेको छैन । कार्यदलका एक सदस्यका अनुसार अध्यक्षका आधा दर्जन आकांक्षीमध्ये सुनसरीका शिवकुमार डाँगी र पाँचथरका हर्कबहादुर लावती मुख्य दाबेदार हुन् ।

प्रदेश १ मा माओवादी केन्द्रको अध्यक्षसहित पदाधिकारीमा दाबी गर्नेको लर्को

नेकपा माओवादी केन्द्र, प्रदेश १ को अध्यक्षसहित पदाधिकारीमा दाबी गर्नेको लर्को लागेको छ । प्रदेश अध्यक्षका लागि आफ्नो दाबेदारीबाट केन्द्रीय सदस्यहरु पछाडि हटेपछि अध्यक्षसहित पदाधिकारीमा दाबी गर्ने प्रदेश तहका नेताहरुको लर्को लागेको हो । योसँगै माओवादी केन्द्र प्रदेश १ को अध्यक्षसहित पदाधिकारी चयनमा सकस परेको छ ।मोरङको विराटचोकमा गत मंसिर २५ र २६ गते सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरे पनि पदाधिकारी चयनलाई थाँती राखेको थियो । आकांक्षीहरु बढेको र सहमति जुटाउन नसकेको अ

माओवादीको प्रदेश १ नेतृत्वमा आकांक्षीको संख्या दिनहुँ बढ्दै

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन सकिएपछि पदाधिकारी चयन थाँति राख्दा नेतृत्वमा आकांक्षीको संख्या दिनदिनै बढ्दै गएको छ।अधिवेशनताका प्रदेश अध्यक्षको आकांक्षीमा रहेका केन्द्रीय सदस्य सुरेशकुमार राई  (हिमाल), आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी समितिको पहिलो बैठकमा  प्रदेशको अध्यक्षबाट ‘ब्याक’ भएका थिए।अध्यक्षका दाबेदार ३  केन्द्रीय सदस्यले प्रदेश अध्यक्षबाट ब्याक भएपछि नयाँ नेतृत्वमा पाँच

माओवादी केन्द्रको प्रदेश अधिवेशन : पदाधिकारी टुंगो लगाउन सकस

विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को पदाधिकारी टुंगो लगाउन सकस भएको छ।गत मंसिर २५ गते मोरङको सुन्दर हरैँचामा सुरु भएको अधिवेशनले २ सय ५९ सदस्य निर्विरोध छानेको थियो। तर, सदस्यबाट पदाधिकारी छान्न भने अझै सकस भएको छ।हेमराज भण्डारी, सुरेशकुमार राई र ईन्द्रबहादुर आङ्बो प्रदेश अध्यक्षका आकांक्षी रहेका छन्।पदाधिकारी टुंगो लगाउन बैठकपदाधिकारीको टुंगो लगाउन भन्दै माओवादी केन्द्र प्रदेश १ को बैठक विराटनगरमा सुरू भएको छ। महेश टंक गिरीको अध्यक्षतामा र प्रमुख अतिथि राम

अध्यक्ष चयन नगरि सकियो प्रदेश १ मा माओवादी केन्द्रको सम्मेलन

नेकपा माओवादी केन्द्र प्रदेश १ मा अध्यक्षका आकांक्षी धेरै भएपछि प्रदेश समितिमात्र चयन गरेर प्रदेश सम्मेलन सकिएको छ। मोरङको विराटचोकमा २५ , २६ र २७ चैतमा सम्पन्न प्रदेश १ को प्रथम...

माओवादी केन्द्र  प्रदेश १ अधिवेशन : विराटचौकमा सुरु

विराटनगर : नेपाल कम्युनिष्ट  पार्टी (माओवादी केन्द्र) को प्रदेश १ को प्रथम अधिवेशन मोरङ विराटचौकमा सुरु भएको छ। प्रदेशभरीका झण्डै १५ सय प्रतिनिधि सहभागी भएको अधिवेशनमा माओवादीले देशभरका ७ वटा भूगोल प्रदेश समिति र २ वटा एशोसियट प्रदेश समितिको अधिवेशन आज (शनिबार) एकैदिन गर्न लागेको हो।अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ भने आगामी कार्यदिशाबारे बहस गर्दै निष्कर्ष निकाल्ने पार्टीले जनाएको छ।  प्रदेश १ समिति २ सय ५९ सदस्यीय हुनेछ भने उक्त समितिले पदाधिकारी चयन गर्नेछ। प्रदेश १ माओवादीको अध