माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी

नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको अध्यक्षमा अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् । मुक्साहाङ माओवादी नेता वर्षमान पुन निकट हुन् । अध्यक्षमा ७ मत बदर भएको थियो ।तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर विजयी भएका छन् ।  सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी सिपी

सम्बन्धित सामग्री

माओवादी केन्द्र प्रदेश १ कमिटीका पदाधिकारीद्वारा पदभार ग्रहण

विराटनगर : नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीका पदाधिकारीले पदभार ग्रहण गरेका छन्। विराटनगरस्थित प्रदेश १ को कार्यालयमा आइतबार साँझ एक कार्यक्रम गरी पदाधिकारीले पदभार ग्रहण भएका हुन्।माओवादी केन्द्रका प्रदेश १ इन्चार्ज राम कार्की, सहइन्चार्ज सावित्रीकुमार काफ्ले, केन्द्रीय सदस्य हिमाल राई र इन्द्रबहादुर आङ्बोले पदाधिकारीलाई पदभार ग्रहण गराएका हुन्।माओवादीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ विजयी भएका थिए। उपाध्यक्षमा मणिकुमार साम्पाङ, देवान चाम्लिङ र शिवकुमार ड

जनार्दनका स्वकीय सचिव माओवादीकाे प्रदेश १ अध्यक्षमा विजयी

नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । उनी अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिवसमेत हुन् ।