विराटनगर : अधिवेशन सकिएको एक साता बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र) प्रदेश १ को पदाधिकारी टुंगो लाग्न सकेको छैन। पदाधिकारी टुंगो लगाउन आज माओवादी केन्द्र प्रदेश १ ले निर्वाचनको तयारी थालेको छ।पदाधिकारी टुंगो लगाउन गठन भएको कार्यदल, प्रदेश १ मा रहेका पार्टीका केन्द्रीय सदस्य र नेतृत्वका आकांक्षीबीच यसअघि बसेको बैठक निष्कर्षहीन टुंगिएको छ। सहमतिमा नेतृत्व चयन गर्न नसकिएपछि निर्वाचन गर्नुपर्ने अवस्था आएको माओवादी केन्द्रका एक नेताले बताए।अधिवेशन सकिए यता पदाधिकारीका आकांक्षीको संख्या बढ्दै गएको