अमेरिकी संसद भवनमा सन् १८१२ को युद्धपछिको पहिलो हमला

यूएस क्यापिटल (संसद भवन) मा भएको ताजा हमला सन् १८१२ को युद्धपछिको पहिलो हमला बताइएको छ । यूएस क्यापिटल हिस्टोरिकल सोसाइटीका विशेषज्ञले यसबारे जानकारी दिएका हुन् । युद्धका बेला बेलायती सेनाले संसद भवनमा आगो लगाइदिएका थिए । भाइस एडमिरल सर एलेक्जेन्डर ककबर्न र मेजर जनरल रोबर्ट रासको नेतृत्वमा बेलायती सैनिकले सन् ...

सम्बन्धित सामग्री

ब्राजिलमा अमेरिकी संसद जस्तै हिंसा (तस्बिरहरु)

ब्राजिलमा, पूर्व राष्ट्रपति जैर बोल्सोनारोका हजारौं समर्थकहरू आइतबार पुलिस ब्यारिकेडहरू तोडेर संसद, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरे । उनीहरुले तोडफोडसमेत गरेका छन् । प्रहरीले हालसम्म हंगामा मच्चाउने चार सय जनालाई पक्राउ गरेको छ

ट्रम्पले फेसबुक, ट्विटर र गुगलविरुद्ध मुद्दा हाल्ने

एजेन्सी।अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगल कम्पनी र मुख्य कार्यकारी अधिकृतहरुविरुद्ध मुद्दा हाल्ने भएका छन्।आफूमाथि गलत तरिकाले प्रतिबन्ध लगाएको भन्दै उनले मुद्दा हाल्न लागेका हुन्। ट्रम्पले कालो सूचीमा राख्न,हटाउन वा रद्द गर्नेजस्ता प्रक्रिया रोक्न माग गरे। ६ जनवरीमा अमेरिकी संसद क्यापिटल बिल्डिङमा ट्रम्प समर्थकले हमला गरेपछि त्यसका लागि उक्साएको भन्दै ट्रम्पमाथि फेसबुक, ट्विटर र गुगलले प्रतिबन्ध लगाएका थिए।

अमेरिकी संसद भवन बाहिर प्रहरी अधिकृतको हत्या

अमेरिकी संसद क्यापिटल हिल परिसरमा सुरक्षार्थ खटिएका एक प्रहरी अधिकारीमाथि संदिग्ध व्यक्तिले छुरा प्रहार गरी हत्या गरेका छन् । सुरक्षाकर्मी रहेको स्थानमा कार दौडाएर हमला गरेका ती व्यक्तिको कार वासिङ्टन कम्प्लेक्सको सुरक्षा अवरोधमा गएर ठोक्किएको थियो । आक्रमणकारी व्यक्ति कारबाट बाहिर निस्केर प्रहरीमाथि अन्धाधुन्ध छुरा प्रहार गरेका ...

अमेरिकी संसद भवनमा हमलाः एक प्रहरी अधिकारीको निधन

वासिङ्टनमा अमेरिकी संसद भवनमा भएको हमलामा एक प्रहरी अधिकारीको निधन भएको छ भने एक अन्य अधिकारी घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार एक कारले सुरक्षा ब्यारिकेडमा ठक्कर दिएका थिए, तत्पश्चात् ड्राइभरले प्रहरीमाथि चक्कूमार्फत् हमला गरेका थिए । त्यसपछि प्रहरी अधिकारीले संदिग्धमाथि गोली चलाए, त्...

तस्बिरमा अमेरिकी संसद भवनमा भएकाे प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बुधबार अमेरिकी संसद भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद भवनमा हमला गरेका थिए । ट्र«म्प समर्थकको उक्त कार्य अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको भन्दै सर्वत्र आलोचना भएको छ भने राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लीकन सांसदहरुलाई पटकपटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोध गर्नु भएको थियो । तर ट्रम्पको अनुरोधलाई बेवास्ता गर्दै सांसदहरुले दिनभरको रस्साकस्सीपछि साँझ पुनः प्रमाणीकरणको कार्यलाई अघि बढाएका छन् ।

अमेरिकी संसद भवनमा ट्रम्प समर्थकद्वारा हमला, ट्रम्पमाथि ‘सत्ताविद्रोह’ को आरोप

अमेरिकी संसद भवनमा ट्रम्प समर्थकद्वारा हमला, ट्रम्पमाथि ‘सत्ताविद्रोह’ को आरोप भर्खरै

ट्रम्प समर्थकद्वारा अमेरिकी संसदमा आक्रमण, एक महिलाको मृत्यु

काठमाडौं । राष्ट्रपति निर्वाचत जो बाइडेनलाई राष्ट्रपति प्रमाणित गर्न बसेको अमेरिकी संसद बैठकमा डोनल्ड ट्रम्प समर्थकले आक्रमण गरेका छन् । आक्रमणबाट एक महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ । सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू प्रवेश गरेपछि संसदीय बहस रोकिएको थियो । प्रदर्शनकारीहरूले भवनका झ्यालहरू तोडफोड गर्नुका साथै प्रहरीसँग मुठभेड गरेका थिए । यसक्रममा प्रहरीको गोली लागेर एक महिला प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ । भिड प्रवेश गरेर अवरुद्ध भएको संसद्‍ बैठक पुनः सुरु भएको छ । संसद्‌ रहेको क्यापिटल भवनबाट राष्ट्रपति ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि बैठक पुनः सुरु भएको हो । बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ । यता, संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ। आफ्ना ट्विटहरूमार्फत् ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि ‘आइ लभ यू’ लेखेका थिए। ट्रम्पका तीन वटा ट्विटले आफ्नो नीतिको गम्भीर उल्लंघन गरेको भन्दै ट्विटरले तिनलाई हटाइदिएको छ । त्यसो नगरेमा उनको खातालाई नै बन्द गरिनुपर्थ्यो भन्ने ट्विटरको स्पष्टीकरण छ । फेसबुकले समेत आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाइएको छ । यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई दिएको भिडिओ सन्देशलाई फेसबुक, ट्विटर र युट्युबले प्रसारण गर्नबाट रोकेका थिए। संसद्‌मा देखिएको हङ्गामापछि अमेरिकाका पूर्वराष्ट्रपतिहरूले त्यसको आलोचना गरेका छन् । पूर्व राष्ट्रपति बराक ओबामाले भनेका छन्, ‘इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झनेछन् । यो देशको लागि ठूलो अनादर भएको र देशको लज्जा दिनको रूपमा सम्झिइनेछ ।’ अमेरिकी संसद् भवनमा बुधवारको हमला सन् १८१२ को युद्धपछिको पहिलो रहेको यूएस क्यापिटल हिस्टोरिकल सोसाइटी एक्सपर्ट जनाएको छ । सन् १८१४ मा ब्रिटिश फौजले डिसीलाई अतिक्रमण गरेर निर्माणाधीन भवनमा आगो लगाइदिएको थियो । सो घटनाको विश्वभरबाट निन्दा गरिएको छ ।

२ सय वर्षअघि पनि भएको थियो अमेरिकी स‌ंसदमा भीषण आक्रमण

अमेरिकामा करिब २ सय वर्षपछि पुनः संसदमा आक्रमण भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले बुधवार वाशिंटनमा रहेको अमेरिकी संसद क्यापिटल हिल कब्जाको कोसिस गरेका हुन् । जुन इतिहासकै कालो दिन भएको अमेरिकी अधिकारीहरूले बताउन थालेका छन् ।  एक रिपोर्टका अनुसार, यसै प्रकृतिको हमला एक पटक अंग्रेजहरूले गरेका थिए । अंग्रेजहरूले वाशिंटनमा आगो लगाएका थिए भने अमेरिकी संसद कब्जाको प्रयास गरेका थिए ।  ब्रिटेनले अमेरिकामा १८१४ मा अमेरिकी संसदमाथि आक्रमण गएको थियो । त्यस समयमा अमेरिका ब्रिटेनको अधिनमा रहेको...

अमेरिकी संसद भित्र र बाहिरको हिंसाका तस्बिर

ट्रम्पका हतियारधारी समर्थक अमेरिकाको संसद भवनमा प्रवेश गरे । बुधबार अमेरिकी संसदले बाइडेनको जीतको पुष्टिका बसेको थियो, त्यति नै बेला ट्रम्प समर्थकले हमला गरिदिए । यसमा एक महिलाको मृत्यु भएको छ । ट्रम्प समर्थकको  हिंस्रक भीडले गरेको झडपका बेलाको तस्बिर । ट्रम्प समर्थकले पूरा भवनमा अव्यस्था फैलाइदिएको थियो । भवन भित्र प्रदर्शनकारी तस्बिर खिच्दै प्रहरी अधिकारीसाग प्रदर्शनकारी कुरा गर्र्र्दै । यो तस्बिर निकै तनावपूर्ण माहौलका बीच खिचिएको हो । थुप्रै प्रदर्शनकारीले सुरक्षाबलल