अमेरिकी संसद भवनमा ट्रम्प समर्थकद्वारा हमला, ट्रम्पमाथि ‘सत्ताविद्रोह’ को आरोप

अमेरिकी संसद भवनमा ट्रम्प समर्थकद्वारा हमला, ट्रम्पमाथि ‘सत्ताविद्रोह’ को आरोप भर्खरै

सम्बन्धित सामग्री

ट्रम्पलाई संसदीय समितिले पठायो समन पत्र

अमेरिकी संसद भवनमा गएको वर्ष जनवरी ६ मा भएको आक्रमणमाथि छानबिन गरिरहेको समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई बयानका लागि उपस्थित हुन आदेश दिएको छ । समितिले ट्रम्पलाई बयानका लागि सांसद समक्ष उपस्थित हुन कानूनी आदेश जारी गरेको हो । चुनावको नतिजा उल्ट्याउनका लागि भएको हिंशात्मक प्रयासको केन्द्रमा ट्रम्प रहेको आरोप छ । उनलाई समितिले पठाएको समन […]

तस्बिरमा अमेरिकी संसद भवनमा भएकाे प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बुधबार अमेरिकी संसद भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद भवनमा हमला गरेका थिए । ट्र«म्प समर्थकको उक्त कार्य अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको भन्दै सर्वत्र आलोचना भएको छ भने राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लीकन सांसदहरुलाई पटकपटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोध गर्नु भएको थियो । तर ट्रम्पको अनुरोधलाई बेवास्ता गर्दै सांसदहरुले दिनभरको रस्साकस्सीपछि साँझ पुनः प्रमाणीकरणको कार्यलाई अघि बढाएका छन् ।

अमेरिकी संसद भवनमा ट्रम्प समर्थकद्वारा हमला, ट्रम्पमाथि “सत्ताविद्रोह”को आरोप

संसदीय न्यायिक समितिका सबै डेमोक्रेट सदस्यहरुले उपराष्ट्रपति माइक पेन्सलाई लेखिएको पत्रमा राष्ट्रपति ट्रम्पले हिंसा भड्काउन र सामाजिक अस्थिरता ल्याउन भूमिका निर्वाह गरेकाले तत्काल पदबाट बर्खास्त गर्न आग्रह गरिएको छ । अमेरिकी संविधानमा राष्ट्रपति स्वेच्छाचारी भएमा उनलाई उपराष्ट्रपतिले पदच्यूत गर्न सक्ने प्रावधान पनि रहेको छ । तर चार वर्षसम्म ट्रम्पका अति विश्वासपात्र रहेका उपराष्ट्रपति पेन्सले एक वक्तव्य जारी गरी आफूलाई त्यस किसिमले हस्तक्षेप गर्नसक्ने अख्तियारी नभएको जिकिर गर्नु भएको छ ।