तस्बिरमा अमेरिकी संसद भवनमा भएकाे प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बुधबार अमेरिकी संसद भवन क्यापिटोल हिलमा आक्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद भवनमा हमला गरेका थिए । ट्र«म्प समर्थकको उक्त कार्य अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको भन्दै सर्वत्र आलोचना भएको छ भने राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लीकन सांसदहरुलाई पटकपटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोध गर्नु भएको थियो । तर ट्रम्पको अनुरोधलाई बेवास्ता गर्दै सांसदहरुले दिनभरको रस्साकस्सीपछि साँझ पुनः प्रमाणीकरणको कार्यलाई अघि बढाएका छन् ।