अक्सिजन अभावले उपचारमा समस्या

वाग्मती, ३ जेठ: मकवानपुरमा एउटा पनि व्यावसायिक रुपमा अक्सिजन उत्पादन गर्ने उद्योग नहुँदा जिल्लामा आवश्यक अक्सिजन आपूर्तिमा समस्या देखिएको छ । जिल्लाभित्र अक्सिजन उद्योग नहुँदा बाहिरी जिल्लाबाट अक्सिजन सिलिन्डर भरेर ल्याउन झन् समस्या हुँदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा सहजै रुपमा मागअनुसार पर्याप्त मात्रामा अक्सिजन आपूर्तिमा अभाव हुँदा जिल्लाका विभिन्न अस्पतालमा कोभिड–१९ […]

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयले भन्यो – अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउँ

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराउन अनुरोध गरेको हो। अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको मन्त्रालयले जनाएको छ। खाली सिलिण्डर समयमै भर्नका लागि उद्योगमा नपुग्दा अक्सिजनको आपूर्तिमा असर पर्ने मन्त्रालयले बताएको छ।

अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध

मन्त्रालयले अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा समस्या भएकोले जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराइदिन आग्रह गरेको छ।

वीरगञ्ज भन्सारले पठायो महानगरलाई एक सय सिलिण्डर

वीरगञ्ज (अस) । वीरगञ्ज भन्सारले वीरगञ्ज महागनरपालिकालाई १०० ओटा सिलिण्डर पठाएको छ । सिलिण्डरको अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भएपछि भन्सारले शनिवार महानगरलाई सिलिण्डिर पठाएको हो । विगत ४/५ वर्षदेखि जाँचपास नभएर भन्सारको गोदाममा थन्किएका सिलिण्डर अहिलेको आपत्कालीन अवस्थामा प्रयोग गर्न महानगरलाई पठाइएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । वीरगञ्ज महानगरले भन्सारको गोदाममा थन्किएका सिलिण्डिर पठाएर संक्रमितको उपचारमा सहयोग गरिदिन भन्सारलाई आग्रह गरेको थियो । लामो समयदेखि गोदाममा राखिएका सिलिण्डिरको गुणस्तर परीक्षण गरी प्रयोग गर्न भन्सारले महानगरलाई पत्राचार गरेको छ । कोरोना महामारी नियन्त्रणमा आएपछि फिर्ता गर्नेगरी महानगरले सिलिण्डर प्राप्त गरेको हो । कोरोना संक्रमित बढेपछि अक्सिजनको खपत ह्वात्तै बढेको छ । स्थानीय उद्योगले अक्सिजन उत्पादन गरे पनि सिलिण्डरको अभावले भर्न पाएका छैनन् । बारा पर्साका तीनओटा अक्सिजन उद्योगले दैनिक १५ सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्दछन् ।

कपिलवस्तु नगरपालिकाले अक्सिजन प्लान्ट निर्माण गर्ने

अक्सिजन अभावले कोरोना संक्रमितको उपचारमा समस्या आएपछि कपिलवस्तु नगरपालिकाले कपिलवस्तु अस्पतालमा एक करोड लागतको अक्सिजन प्लान्ट बनाउने निर्णय गरेको छ ।

जनशक्ति अभावले उपचारमा समस्या

कोरोना भाइरसको दोस्रो लहरका कारण नेपाल पनि पूर्णरूपमा प्रभावित भएको छ । कोरोना पोजेटिभ बिरामीले अस्पताल भरिएका छन् । अस्पतालमा शैया नहुँदा भुइँ, अस्पतालबाहिर बरन्डा, पेटीमा समेत उपचार भइरहेको छ । अक्सिजन अभावमा बिरामीको ज्यान गइरहेको छ । अस्पतालले नयाँ बिरामी भर्ना नगर्ने र अस्पतालमा रहेका बिरामीलाई पनि अक्सिजनको व्यवस्था आफैं गर्नु भन्ने खालका विज्ञप्ति […]

वीरगञ्ज भन्सारले पठायो महानगरलाई १०० ओटा सिलिन्डर

जेठ १, वीरगञ्ज । वीरगञ्ज भन्सारले वीरगञ्ज महागनरपालिकालाई १०० ओटा अक्सिजन सिलिन्डर पठाएको छ । सिलिन्डरको अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भएपछि भन्सारले शनिवार महानगरलाई सिलिन्डर पठाएको हो । विगत ४/ ५ वर्षदेखि जाँचपास नभएर भन्सारको गोदाममा थन्किएका सिलिन्डर अहिलेको आपतकालीन अवस्थामा प्रयोग गर्न महानगरलाई पठाइएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।  वीरगञ्ज महानगरले भन्सारको गोदाममा थन्किएका सिलिन्डर पठाएर संक्रमितको उपचारमा सहयोग गरिदिन भन्सारलाई आग्रह गरेको थियो ।  लामो समयदेखि गोदाममा राखिएका सिलिण्डिरको गुणस्तर परीक्षण गरी प्रयोग गर्न भन्सारले महानगरलाई पत्राचार गरेको छ । कोरोना महामारी नियन्त्रणमा आएपछि फिर्ता गर्ने गरी महानगरले सिलिन्डर प्राप्त गरेको हो ।  कोरोना संक्रमित बढेपछि अक्सिजनको खपत ह्वात्तै बढेको छ । स्थानीय उद्योगले अक्सिजन उत्पादन गरे पनि सिलिन्डरको अभावले भर्न पाएका छैनन् । बारा तथा पर्साका तीन ओटा अक्सिजन उद्योगले दैनिक १ हजार ५०० सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्दछन् ।

बर्दियामा अक्सिजन सिलिण्डरको अभाव

जिल्लाको आठ पालिकासहित बर्दिया अस्पतालमा अक्सिजन सिलिण्डरको अभावमा उपचारमा समस्या भएको छ । कोभिडका बिरामीलाई प्राथमिक उपचार बाहेक अक्सिजनको अभावले समस्या हुन थालेको छ ।

अक्सिजन आपूर्तिमा उद्योगको बदमासी, व्यवस्थापन गर्न अस्पताललाई सकस

धनगढी : सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ५० जना जटिल प्रकृतिका काभिड–१९ संक्रमितको उपचार भइरहेको छ। अस्पतालमा कोभिड–१९ संक्रमितको उपचार गर्न निकै सकसपूर्ण अवस्था सिर्जना भएको छ। बिरामीको बढ्दो चाप र अक्सिजन अभावले उपचारमा समस्या आएको हो।प्रादेशिक अस्पतालमा मंगलबार राति नै अक्सिजनको मौज्दात सकियो। कोरोना संक्रमित तड्पिन थाले। अस्पताल व्यवस्थापनलाई अक्सिजनको जोहो गर्न धौ-धौ पर्‍याे। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेय भन्छन्, ‘राति जेनतेन व्यवस