वीरगञ्ज भन्सारले पठायो महानगरलाई एक सय सिलिण्डर

वीरगञ्ज (अस) । वीरगञ्ज भन्सारले वीरगञ्ज महागनरपालिकालाई १०० ओटा सिलिण्डर पठाएको छ । सिलिण्डरको अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भएपछि भन्सारले शनिवार महानगरलाई सिलिण्डिर पठाएको हो । विगत ४/५ वर्षदेखि जाँचपास नभएर भन्सारको गोदाममा थन्किएका सिलिण्डर अहिलेको आपत्कालीन अवस्थामा प्रयोग गर्न महानगरलाई पठाइएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । वीरगञ्ज महानगरले भन्सारको गोदाममा थन्किएका सिलिण्डिर पठाएर संक्रमितको उपचारमा सहयोग गरिदिन भन्सारलाई आग्रह गरेको थियो । लामो समयदेखि गोदाममा राखिएका सिलिण्डिरको गुणस्तर परीक्षण गरी प्रयोग गर्न भन्सारले महानगरलाई पत्राचार गरेको छ । कोरोना महामारी नियन्त्रणमा आएपछि फिर्ता गर्नेगरी महानगरले सिलिण्डर प्राप्त गरेको हो । कोरोना संक्रमित बढेपछि अक्सिजनको खपत ह्वात्तै बढेको छ । स्थानीय उद्योगले अक्सिजन उत्पादन गरे पनि सिलिण्डरको अभावले भर्न पाएका छैनन् । बारा पर्साका तीनओटा अक्सिजन उद्योगले दैनिक १५ सय सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्दछन् ।

सम्बन्धित सामग्री

आठ सय २० किमी सडक कालोपत्र, दुई सय २२ पुल निर्माण

काठमाडौँ- सरकारले गत वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ पुल निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सो अवधिमा दुई सय ४९ किमी सडक पुनः निर्माण भएको छ । गतवर्ष दुई सय ४३ किमी नयाँ ट्र्याक खुलेको र छ सय २८ किमी खण्डस्मिथ भएको विभागले जनाएको […]

सल्यानमा ४ सय ३५ पदका लागि १६ सय ७ जनाको उम्मेदवारी

सल्यान : सल्यानमा स्थानीय तह निर्वाचनका लागि १ हजार ६ सय ७ जनाले मनोनयन दर्ता गराएका छन्। जिल्लाका १० स्थानीय तहमा ४ सय ३५ पदका लागि १ हजार ६ सय ७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय सल्यानले जनाएको छ।जिल्लाको शारदा नगरपालिकामा २ सय ८५, बागचौरमा २ सय ५६, बनगाड कुपिण्डेमा २ सय १२, दार्मा गाउँपालिकामा १ सय ३८, त्रिवेणी गाउँपालिकामा १ सय २२ जनाको उम्मेदवारी परेको छ।सिद्ध कुमाख गाउँपालिकामा ८१, छत्रेश्वरीमा १ सय ६५, कुमाख गाउँपालिकामा १ सय १७, कपुरकोटमा १ सय २३ मनोनयन दर्ता भएको निर्वाचन क

सात सय घट्यो सुनमा

काठमाडौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर ९१ हजार ६ सय रुपैयाँ तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ…

४३ सय सङ्क्रमित थपिए, ५७ सय निको भए

काठमाडौँ । आज देशभर थप चार हजार तीन ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ४२ जनाको स्वाब परीक्षण गर्दा चार हजार तीन सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो। मंगलबार १७ हजार  ६ सय ७६ जनाको स्वाब परीक्षण गर्दा पाँच हजार एक सय ५३ जनामा […]