लुम्बिनी प्रादेशिक अस्पतालमा तत्काल अक्सिजन आबश्यक, आकस्मिक कक्षका विरामीहरुको उपचारमा जोखिम हुने चिकित्सकहरुको चिन्ता

कोरोना संक्रमीतको चाप बढिरहेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजन सिलिण्डर सकिएको छ । अक्सिजनको अभावले गर्दा आकस्मिक कक्षका विरामीहरुको उपचारमा समस्या भएकोले तत्काल अक्सिजनसहितका सिलिण्डरको प्रबन्ध गर्न अति आबश्यक रहेको अस्पतालका कोरोना फोकल पर्सन डा। नन्दु पाठकले बताउनुभयो । त्यसका लागि सरोकारवाला सबैप्रति उहाँले अपिल पनि गर्नु भएको छ ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन सकियो

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजन सकिएको छ । अक्सिजन सकिएपछि आकस्मिक कक्षका अधिकांश बिरामीलाई लगाइएको अक्सिजन निकालिएको छ ।