अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध

मन्त्रालयले अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा समस्या भएकोले जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराइदिन आग्रह गरेको छ।

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयले भन्यो – अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउँ

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराउन अनुरोध गरेको हो। अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको मन्त्रालयले जनाएको छ। खाली सिलिण्डर समयमै भर्नका लागि उद्योगमा नपुग्दा अक्सिजनको आपूर्तिमा असर पर्ने मन्त्रालयले बताएको छ।

अक्सिजन सिलिण्डर सहज रुपमा उपलब्ध गराउन सीसीएमसीद्वारा टाक्स फोर्स गठन

काठमाडौं। अक्सिजन सिलिण्डर सहज रुपमा उपलब्ध गराउन सीसीएमसीले टाक्स फोर्स गठन गरेको छ। आज उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले अक्सिजन सिलिण्डर सहज रुपमा उपलब्ध गराउन ६ सदस्यीय टाक्स फोर्स गठन गरेको हो। उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा टाक्स फोर्स गठन गरिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए। टाक्स फोर्समार्फत अक्सिजन सिलिण्डको व्यवस्थापन गर्न सहज हुनेछ।

गृह मन्त्रालयद्वारा अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह

बिरामीका लागि अति आवश्यक पर्ने र कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार पद्दतिलाई प्रभावकारी तुल्याउने अक्सिजनको आपूर्ति सहज बनाउन आफूसँग रहेका सिलिण्डर स्वतः स्फुर्त रुपमा सरकारलाई उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको हो।...

अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आग्रह

स्वास्थ्य तथा जनंख्या मन्त्रालयले अक्सिजनको खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयले अनुगमनका क्रममा धेरै सिलिण्डर खाली आफ़ै राख्ने पाइएकोले यस्ता खाली सिलिण्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिण्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले […]

निर्माणाधीन आयोजनाको अक्सिजन सिलिण्डर उपलब्ध गराउन विभागको आग्रह

वैशाख २३, काठमाडौं । विद्युत् विकास विभागले निर्माणाधीन जलविद्युत् आयोजनामा प्रयोग भइरहेका अक्सिजन सिलिण्डर तत्काल कोभिड–१९ का बिरामीलाई प्रयोग गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।  विभागले बिहीवार एक सूचनामार्फत कोभिड–१९ को महामारीले सिर्जना गरेको विकराल अवस्थाको ध्यान दिई अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहअनुसार आ–आफ्नो स्थानबाट स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रबाट सञ्चालनमा रहेका निर्माणाधीन आयोजननामा प्रयोग भएका अक्सिजन सिलिण्डर उपलब्ध गराइदिन आग्रह गरिएको हो ।  जलविद्युत् आयोजनामा भएका सिलिण्डर नजिकैको स्वास्थ्य संस्था वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कोभिड–१९ को बिरामीले प्रयोग गर्ने गरी व्यवस्था मिलाइदिन अनुरोध गरिएको विभागले जानकारी दिएको छ । रासस

घरमा भएका अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउनुहोस्

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन)को खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयका अनुगमनका क्रममा धेरै सिलिण्डर खाली आफैं राख्ने पाइएकोले यस्ता खाली सिलिण्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिण्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर …

‘अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउनुहोस्’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन) को खाली सिलिन्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयका अनुगमनका क्रममा  धेरै सिलिन्डर खाली आफैं राख्ने पाइएकोले यस्ता खाली सिलिन्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिन्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले उद्योग व्यवसायी र सरोकारवालाले त्यस्ता सिलिन्डर अस्पताललाई उपलब्ध गराउ