बुटवल, वीरगञ्ज र हेटौंडामा अक्सिजन बैंक - गंगालाल र प्रहरी अस्पतालमा उत्पादन सुरु

काठमाण्डाै – अक्सिजन अभावले कोरोना संक्रमित बिरामीको उपचारमा समस्या नहोस् भनेर अक्सिजन उत्पादन बढाउने क्रम सुरु भएको छ । केन्द्र, प्रदेश र पालिका सरकारसँगै नीजि क्षेत्रसमेत यो काममा सक्रिय भएर लागेका छन् । बुटवल, वीरगञ्ज, हेटौंडा लगायतका ठाउँमा अक्सिजन बैंक स्थापना भैसकेको छ । अरु ठाउँमा पनि अक्सिजन उत्पादन गर्ने तयारी भैरहेको छ ।बुटवल उपमहानगरपालिकाले मंगलबार अक्सिजन बैंक स्थापना गरेको छ । बैंकमा अक्सिजनसहितका सिलिण्डरको संग्रह हुने तथा अत्यावश्यक अवस्थामा अक्सिजन उपलब्ध हुने उपमहानगरपालिकाले जनाएको छ । उप-महानगरपाल...