पारस खडकाको क्रिकेट एकेडेमी

पारस खडकाको क्रिकेट एकेडेमी

सम्बन्धित सामग्री

पारस खड्काको एकेडेमीले पहिलोपल्ट राष्ट्रियस्तरको यू–१९ क्रिकेट खेल्दै

४ फागुन, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले सञ्चालन गरेको एकेडेमी क्रिकेट एक्स्लेन्स सेन्टर (सीईसी) पहिलोपल्ट राष्ट्रियस्टरको यू–१९ क्रिकेट प्रतियोगितामा सहभागी हुने भएको छ । रुपन्देहीको भैरहवामा हुन लागेको खडगप्रसाद गौतम स्मृति पाँचौं यू–१९ …

क्रिकेट एक्सेलेन्स सेन्टरलाई बजाज मोटरसाइकलको प्रायोजन

काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) लाई प्रायोजन गर्ने सम्झौता गरेको छ । सम्झौतापछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भई पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ । हस्ताक्षर कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘तत्कालीन कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बजाज पल्सरले नेपालमा खेलकुदलाई प्रवर्द्धन गर्दै आएको छ । यो सहकार्यले देशभरबाट थप क्रिकेटर उत्पादन गर्न मद्दत गर्नेछ ।’ पूर्वकप्तान पारस खड्काले बजाज पल्सरले  क्रिकेटमा मात्र नभई नेपालको खेल क्षेत्रलाई सहयोग गरिरहेको बताए । क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीको विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरका लागि मार्गदर्शन गर्ने लक्ष्य राखेको छ । क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले पूर्वकप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।

पूर्व कप्तान पारस खड्काले क्रिकेट एकेडेमी सञ्चालन गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासहित ५ जनाले क्रिकेट एकेडेमी संचालनमा ल्याउने भएका छन् ।

पूर्वकप्तान पारस खड्का क्रिकेट एकेडेमी खोल्ने तयारीमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने भएका छन् । आज उनले सामाजिक सञ्जालमार्फत् छिट्टै क्रिकेट एकेडेमीको सुरुवात गर्ने जानकारी दिएका हुन् । सो एकेडेमीको नाम ’क्रिकेट एक्सिलेन्स सेन्टर’ राखिएको छ । ’सपनालाई विपनामा परिणत गर्दै,’ भन्दै उनले सामाजिक सञ्जालमा लोगो समेत हालेका छन् । खड्काले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास […]

क्रिकेट एकेडेमी खोल्दै पारस खड्का

मंगलबार उनले सामाजिक सञ्जालमार्फत् छिट्टै क्रिकेट एकेडेमीको सुरूवात गर्ने जानकारी दिएका हुन्। सो एकेडेमीको नाम क्रिकेट एक्सिलेन्स सेन्टर राखिएको छ।

क्रिकेट व्यवस्थापनमा लाग्दै पूर्व कप्तान पारस खड्का

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिने घोषणा गरेका उनले तत्काल क्रिकेट एकेडेमी खोल्ने तयारीमा रहेको जानकारी गराए । नेपाल क्रिकेट संघ (क्यान) को आसन्न निर्वाचनबाट क्रिकेट व्यवस्थापनतर्फ लाग्ने योजना रहेको उनले उल्लेख गरे । ‘म क्रिकेटबाट टाढिएको होइन मेरो भूमिका बदलिएको मात्र हो,’ पारसले भने ।  उनले २ वर्षअघि नै आफूले अन्तर्राष्ट्रिय क्रिकेटलाई विट मार्ने विषयमा सोचि...

क्रिकेट एकेडेमी खोल्दै पूर्वकप्तान खड्का

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिएको बताउनुभएको छ । उहाँले तत्काल क्रिकेट एकेडेमी खोल्ने तयारीमा रहेको पनि जानकारी गराउनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आसन्न निर्वाचनबाट क्रिकेट व्यवस्थापनतर्फ लाग्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । “म क्रिकेटबाट टाढिएको होइन मेरो भूमिका बदलिएको मात्र हो”, पारसले …

पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने

काठमाडौँ-  अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने भएका छन्। एक दुई महिनाभित्रै एकेडेमी सुरु गर्ने योजना रहेको उनले सुनाए। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश घोषणा गरेपछि आयोजित पत्रकार सम्मेलनमा पारसले भने, ‘तत्कालका लागि क्रिकेट एकेडेमी सुरु गर्ने मेरो योजना रहेको छ। यो एक दुई महिनामै सुरु गर्छु’, उनले भने। उनले एकेडेमीलाई केही समयमा […]

क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्‍याउने पारस खड्काको योजना

काठमाडौँ– नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपालमा क्रिकेट एकेडेमी खोल्ने योजना रहेको सुनाएका छन् । एकेडेमीलाई देशभर पुर्‍याउने आफ्नो सोच रहेको उनले बताए । मंगलबार सामाजिक सञ्जालबाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका पारसले आज पत्रकार सम्मेलन गर्दै नेपालमा क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्‍याउने योजना रहेको सुनाए । उनले क्रिकेटको क्षेत्रभन्दा टाढा […]

हिजाेसम्म प्यासनले ड्राइभ गरेकाे थियाे, आजबाट करियर सुरु भयाे: पारस खड्का

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरेका छन्। बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै पारसले क्रिकेट एकेडेमी खोल्ने घोषणा गरेका हुन्। उनले केही महिनामै उक्त एकेडेमीको उद्घाटन गर्ने पनि जानकारी दिए। मंगलबार पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। पत्रकार सम्मेलनमा पारसले घरेलु क्रिकेटमा अझै केही समय आफू रहने […]