क्रिकेट एक्सेलेन्स सेन्टरलाई बजाज मोटरसाइकलको प्रायोजन

काठमाडौं (अस) । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) लाई प्रायोजन गर्ने सम्झौता गरेको छ । सम्झौतापछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भई पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ । हस्ताक्षर कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘तत्कालीन कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बजाज पल्सरले नेपालमा खेलकुदलाई प्रवर्द्धन गर्दै आएको छ । यो सहकार्यले देशभरबाट थप क्रिकेटर उत्पादन गर्न मद्दत गर्नेछ ।’ पूर्वकप्तान पारस खड्काले बजाज पल्सरले  क्रिकेटमा मात्र नभई नेपालको खेल क्षेत्रलाई सहयोग गरिरहेको बताए । क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीको विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरका लागि मार्गदर्शन गर्ने लक्ष्य राखेको छ । क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले पूर्वकप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।

सम्बन्धित सामग्री

बजाज युथ सेमिफाइनलमा

सुनसरीको फूलबारी क्रिकेट क्लबलाई हराउँदै सप्तरीको बजाज युथ एकेडेमी चौथो संस्करणको मिथिला कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।...

बजाज युथ सेमिफाइनलमा

सुनसरीको फूलबारी क्रिकेट क्लबलाई हराउँदै सप्तरीको बजाज युथ एकेडेमी चौथो संस्करणको मिथिला कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।...

बजाजको 'बजाज आधा को आधा' योजना सर्वजनिक

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले दशैंतिहार र छठजस्ता चाडपर्वहरुलाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि 'बजाज आधाको आधा' नामक ग्राहक योजना ल्याएको छ।...

बजाज पाँचको पञ्च

हंसराज हुलास चन्द एन्ड कम्पनीअन्तर्गतको बजाज अटोमोबाइल्सले नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकका लागि ‘बजाज पाँचको पञ्च’ नामक ग्राहक योजना ल्याएको छ।...

बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकलाई तीन पटक पुरस्कार

काठमाडौं । बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरुले तीन पटकसम्म पुरस्कार पाउने भएका छन् । बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज खुशीको ३ डोज’ दशैं योजना अन्तर्गत उक्त पुरस्कार दिने भएको हो ।ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरु सार्वजनिक गर्दै आएको बजाजले कोभिड—१९ महामारीको समयमा ग्राहकहरू थप खुसी बाढ्न योजना ल्याएको जनाएको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने समय र किनेपछि गरी ३ पटक पुरस्क

ईपीएलको मुख्य प्रायोजकमा बजाज पल्सर

२५ साउन, काठमाडौं । आगामी असोजमा हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) लाई बजाज पल्सरले मुख्य प्रायोजन गर्ने भएको छ । सोमबार आयोजित एक कार्यक्रममा ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र बजाज पल्सरको तर्फबाट गोल्छा ग्रुपका अध्यक्ष शेखर गाेल्छाले सम्झौता पत्र आदान प्रदान गरे । चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २४ गतेसम्म कीर्तिपुरस्थित […]

बजाज अटोको नेतृत्वबाट हट्दै राहुल बजाज

काठमाडौ। जिम्मेवारीको ५० वर्षपछि राहुल बजाज बजाज अटोको अध्यक्षबाट हट्ने भएका छन्। उनलाई कम्पनीको अध्यक्ष पदबाट नीरज बजाजले विस्थापन गर्ने भएका हुन्। बजाज समूहका नयाँ अध्यक्ष नीरज पनि प्रमोटर निर्देशक हुन्। ६७ वर्षका नीरजसँग बजाजमा ३५ वर्षको अनुभव छ। उनले हार्वर्ड विजनेश स्कुलबाट एमबीए गरेका छन्। बजाज पल्सर बाइक उत्पादन गर्दै आएको चर्चित अटो कम्पनी हो।

बजाज अटोको नेतृत्वबाट हट्दै राहुल बजाज

काठमाडौ। जिम्मेवारीको ५० वर्षपछि राहुल बजाज बजाज अटोको अध्यक्षबाट हट्ने भएका छन्। उनलाई कम्पनीको अध्यक्ष पदबाट नीरज बजाजले विस्थापन गर्ने भएका हुन्। बजाज समूहका नयाँ अध्यक्ष नीरज पनि प्रमोटर निर्देशक हुन्। ६७ वर्षका नीरजसँग बजाजमा ३५ वर्षको अनुभव छ। उनले हार्वर्ड विजनेश स्कुलबाट एमबीए गरेका छन्। बजाज पल्सर बाइक उत्पादन गर्दै आएको चर्चित अटो कम्पनी हो।

बजाज शून्य अफरमा रु १० लाख जित्ने भाग्यशाली विजेता को हुन् ?

काठमाडौं / नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि ल्याएको बजाज शून्य अफरबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जित्ने अवसर पाएका छन् ।  हंसराज