क्रिकेट व्यवस्थापनमा लाग्दै पूर्व कप्तान पारस खड्का

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिने घोषणा गरेका उनले तत्काल क्रिकेट एकेडेमी खोल्ने तयारीमा रहेको जानकारी गराए । नेपाल क्रिकेट संघ (क्यान) को आसन्न निर्वाचनबाट क्रिकेट व्यवस्थापनतर्फ लाग्ने योजना रहेको उनले उल्लेख गरे । ‘म क्रिकेटबाट टाढिएको होइन मेरो भूमिका बदलिएको मात्र हो,’ पारसले भने ।  उनले २ वर्षअघि नै आफूले अन्तर्राष्ट्रिय क्रिकेटलाई विट मार्ने विषयमा सोचि...

सम्बन्धित सामग्री

पारस खड्का काठमाडौं क्रिकेट संघको सदस्यमा चयन

काठमाडौं, साउन ३१ । राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य चयन भएका छन् । काठमाडौं जिल्ला क्रिकेट संघको मंगलबार सम्पन्न चौथो वार्षिक साधारण सभाले खड्कालाई सर्वसम्मत सदस्य चयन गरेको हो। साधारण सभाले दिवाकर घलेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ। उपाध्यक्षमा अजयविर पाण्डे, सचिवमा किरण राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द […]

अफ्रिदीको कप्तानीमा पारस र मिस्बाहसँगै खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का लेजेन्ड्स क्रिकेट लिगमा इन्डिया महाराजसविरुद्ध एसिया लायन्सको प्लेइङ ११ मा परेका छन् । दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडिमममा एसियाका कप्तान शाहिद अफ्रिदीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । कप्तान शाहिद अफ्रिदीले बुझाएको प्लेइङ-११ मा पारस खड्का रहेका छन् । […]

पारस एसिया टोलीको प्लेइङ ११ मा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का लेजेन्ड्स क्रिकेट लिगमा इन्डिया महाराजसविरुद्ध एसिया लायन्सको प्लेइङ ११ मा परेका छन् । दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडिमममा एसियाका कप्तान शाहिद अफ्रिदीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । कप्तान शाहिद अफ्रिदीले बुझाएको प्लेइङ-११ मा पारस खड्का रहेका छन् […]

पारसले गौतम गम्भीरको टोलीविरुद्ध खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा आज इन्डिया महाराजसविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ मा दोहामा सुरुहुनेछ। पारस खड्का सम्मिलित एसिया टोलीको कप्तान पाकिस्तानी शाहिद अफ्रिदीले गर्नेछन् । पारसको टोलीमा अफ्रिदी, शोएब अख्तर, मिस्बाह उल हक, अब्दुल रजाक र […]

सोयब अख्तरसंगै लेजेन्ड्स लिग क्रिकेट खेल्दै खड्का

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आगामी महिना कतारमा हुने लेजेन्ड्स लिग क्रिकेटमा विश्वविख्यात खेलाडीहरुसंगै खेल्नुहुने भएको छ । आउँदो फेब्रुअरीको २७ देखि ८ मार्चसम्म कतारमा आयोजना हुने तेस्रो संस्करणको लेजेन्ड्स लिग क्रिकेटमा पारसले एसियन लायन्सबाट खेल्न लाग्नुभएको हो । एसियन लायन्सले पारसलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ । यस टोलीमा पारससँगै थिसारा …

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा पारस र प्रियंका नियुक्त

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का तथा मिस नेपाल वर्ल्ड-२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।...

पारस खड्का र प्रियंका रानी जोशी बने नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर

नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र मिस नेपाल वर्ल्ड–२०२२ प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा बुधबार नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र क्रिकेट खेलाडी पारस खड्का र प्रियंका रानी जोशीले हस्ताक्षर गरेका छन् ।हस्ताक्षर कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पौडेलले नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार प्रविधिबाट प्रदान गर्न सकिने सबै दूरसञ्चार सेवाहरु प्रदान गरिरहेको उल्लेख गर्दै ती सेवाहरु नव नियुक्

दशक खेलाडी अवार्डबाट पारस खड्का सम्मानित

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो । अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । त्यस्तै नेपाली महिला फुटबल खेलाडी सावित्रा […]

पारस खड्का बने दशककै उत्कृष्ट खेलाडी

८ चैत, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा पारस पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । टिमकै कारण आफू यो अवार्ड पाउन सफल भएको भन्दै पारसले यो अवार्ड क्रिकेट टिमलाई […]

पारस, वसन्त र दीपेन्द्रले इपिएल नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, स्पिनर वसन्त रेग्मी र युवा ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन् । इपिएलले सार्वजनिक गरेको सबै टोलीको अन्तिम नाममा विराटनगर वारियर्सका कप्तान पारस खड्का र स्पिनर वसन्त रेग्मी छैनन् । काठमाडौं किंग्स इलेभेनका ब्याट्सम्यान तथा नेपाली क्रिकेट […]